नवलपुरका ११ जनामा कोरोना संक्रमण

0


प्रेम क्षेत्री
मंसिर ६, गैंडाकोट । नवलपुरका ११ जनामा कोरोना संक्रमण देखिएको छ । शनिबार पुष्टि भएका ११ जना मध्ये गैंडाकोटका १ जना, देवचुलीका २ जना, कावासोतीका ७ जना र मध्यविन्दुका १ जना रहेका छन् ।
संक्रमित मध्ये गैंडाकोट १२ का १४ वर्षका १ जना पुरुष रहेका छन् । त्यस्तै देवचुली १२ का ४९ वर्ष र १७ नम्बर वडाका ५१ वर्षका पुरुष रहेका छन् । त्यस्तै कावासोती १ का ५४ वर्षका महिला, २ का ८६ वर्षका पुरुष, ७ का ३८ वर्षका महिला, ८ का ३१ वर्षका महिला, ८ कै ४२ र ४४ वर्षका पुरुष र १६ का ५४ वर्षका पुरुष रहेका छन् । त्यस्तै मध्यविन्दु १५ का ४८ वर्षका पुरुष रहेको स्वास्थ्य निर्देशनालय पोखराले जनाएको छ ।

निर्देशनालयका अनुसार शनिबार बिहान गण्डकी प्रदेशका ६ जिल्लाका ५२ जनामा कोरोना संक्रमण देखिएको छ । जसमध्ये कास्कीका १२ जना, बाग्लुङका ४ जना, लमजुङका ५ जना, नवलपुरका ११ जना, स्याङजाका १ जना र तनहुँका १९ जना रहेका छन् । यो सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १० हजार ८ सय ७९ पुगेको गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका निर्देशक एवं प्रवक्ता डा. विनोद विन्दु शर्माले जानकारी दिनुभयो ।

Share.

Leave A Reply