२ लाख २० हजार ४ सय ४० मुल्य बराबरको पटका वरामद गरी नष्ट

0

गैँडाकोट, मंसिर ४ । नवलपरासी(पश्चिम) प्रहरीले बिभिन्न मितिमा जिल्लाका बिभिन्न स्थानबाट बरामद गरेको पटका आज नष्ट गरेको छ । करिव २ लाख २० हजार ४ सय ४० मुल्य बराबरको बिभिन्न किसिमका पटका वरामद गरी नष्ट गरेको हो ।

भारतबाट नेपाल तर्फ ल्याउदै गरेको राईट रोल क्याप्स, उज्यालो हाईड्रोफल, ग्राउण्ड चक्कर, फ्लोर पोटस सानो, फ्लोर पोटस ठुलो, झील झेले, लम्बा बुलेट, खुर्सानी पटका लगायतका पटका तथा झिलझिले प्रहरी टोलीले बरामद गरेको थियो ।

स्थानिय जनप्रतिनिधी, संचारकर्मी तथा स्थानिय व्यक्तीहरुको रोहबरमा जिल्ला प्रहरी कार्यालय परिसरमा खाल्डो खनि आज नष्ट गरिएको प्रहरी निरीक्षक राजिव श्रेष्ठले जानकारी दिनुभयो ।

Share.

Leave A Reply