भौतिक उपस्थितीमै कक्षा संचालन गर्न गैँडाकोटका अधिकाँश प्रधानाध्यापकहरुको सुझाव

0

गैँडाकोट, मंसिर ४ । नेपाल सरकारले बिद्यालय संचालन सम्वन्धित कार्यढाँचा २०७७ स्वीकृत गरेपछि गैँडाकोट नगरपालिकाले पनि आज छलफल गरेको छ । विद्यालय संचालन तथा बन्द गर्ने देखि स्वास्थ्य मापदण्ड कार्यान्वनय गर्ने जिम्मेवारी स्थानीय तहलाई दिएपछि नगरपालिकाले आज नगरपालिकाभर रहेका सामुदायिक तथा संस्थागत विद्यालयका प्रधानाध्यापकहरुसँग प्रारम्भिक परामर्श गरेको हो ।
प्रारम्भिक परामर्शमा अधिकाँश प्रधानाध्यापकहरुले प्रत्यक्ष भौतिक उपस्थितीमा कक्षा संचालन गर्न सुझाव दिनु भएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद भुषालले विजय एफएमलाई जानकारी दिनुभयो ।

आ–आफ्नो विद्यालयको क्षमता र विद्यार्थी संख्याको आधारमा सिफ्ट अनुसार दुरी कायम गरेर स्वास्थ्य मापदण्ड पालना गरी विद्यार्थी शिक्षकको प्रत्यक्ष उपस्थितीमा कक्षा संचालन गर्न सुझाव दिएको बताउँदै भुषालले अव नगरपालिकाको शिक्षा समितिको बैठक बस्ने बताउनुभयो ।

प्रारम्भिक राय आएको र अव तिहारपछिको कोभिड १९ को संक्रमण दर के कस्तो छ त्यसको पनि विश्लेषण गरी कार्यपालिकाले सोही अनुसारको निर्णय गर्ने बताउनुभयो । स्वास्थ्य नै सवैभन्दा महत्वपूर्ण भएकाले यसैलाई मध्यनजर गरी शैक्षिक सत्र खेर जान नदिने गरी निर्णय गर्ने उहाँले बताउनुभयो ।

Share.

Leave A Reply