विजय सामुदायिक सूचना तथा सञ्चार सहकारी संस्थाको २०औं साधारण सभा सम्पन्न

0

गैंडाकोट, मंसिर ४ । विजय एफएम १०१.६ र विजय खबर पत्रिकाको सञ्चालक संस्था विजय सामुदायिक सूचना तथा सञ्चार सहकारी संस्था लिमिटेड गैंडाकोट ८ को २०औँ साधारण सभा बिहिबार सम्पन्न भएको छ । कोरोना सङ्क्रमणको विद्यमान परिस्थितीलाई मध्य नजर गर्दै विद्युतिय माध्यम जुम प्रविधि र केही भौतीक उपस्थिती मार्फत संस्थाको बार्षिक साधारण सभा सञ्चालन गरिएको थियो ।

साधारण सभामा संस्थाका अध्यक्ष भुमिराज चापागाईले संबिधानप्रदत्त नागरिकका हक, स्वतन्त्रता एवं अधिकारको प्रत्याभुति स्थानिय बिकास पारदर्शीता, जवाफदेहिता र प्रभावकारी सेवा प्रवाहका लागि विजय एफएम, विजय खबर र अनलाईन माध्यमबाट सुचना सम्प्रेषण गर्दै आएको बताउनुभयो । उहाँले आशातित लक्ष्य हाँसिल गर्न नसकेपनि संस्थाले आर्थीक रुपमा उल्लेखनिय उपलब्धी हाँसिल गरेको बताउनुभयो । असहज परिस्थितिमा रेडियोले सर्वसुलभ सुचना प्रवाह गर्न सक्ने हुनाले पनि श्रोताको संख्या धेरै रहेको उहाँको भनाई छ ।

संस्थाका सचिव गिरिराज लम्सालले प्रगती प्रतिवेदन प्रस्तुत गर्दै सामुदायिक सञ्चार माध्यमका रुपमा संस्थाले स्थानिय सवाल, सरोकार समस्या र प्राथमिकताहरुलाई मुख्य बिषयबस्तुका रुपमा ग्रहण गर्दै जिम्मेवार पत्रकारिताका माध्यमबाट समाजका कुरिति, बिसंगति र गलत अभ्यासहरुलाई न्युनिकरण गर्न रेडियोले कार्य गरिरहेको बताउनुभयो ।

कोषाध्यक्ष भानु रिमालले कोभिडका कारण हरेक क्षेत्र प्रभावित भएजस्तो सञ्चार माध्यम पनि प्रभावित भएको बताउनुभयो । तर पनि यस्तो विषम परिस्थितिमा संस्थामा कार्यरत कर्मचारीको सेवा सुबिधा नियमित प्रदान गरिएको बताउनुभयो ।

संस्थाका लेखा समिति संयोजक युवराज सापकोटाले बिभिन्न समस्या आइपरेपनि संस्थाले उल्लेख्य प्रगती गरेको बताउनुभयो । कर्मचारीको योगदान र सञ्चालकको सक्रियताले विजय एफएमले ख्याती कमाउँदै गएको बताउनुभयो ।

कार्यक्रमका प्रमुख अतिथि विजय सामुदायिक सूचना तथा सञ्चार सहकारी संस्था लिमिटेडका संस्थापक अध्यक्ष एवम् वर्तमान सल्लाहकार संयोजक खेमराज सापकोटाले अहिले जनताको घरघरमा पुगेर सचेतना फैलाउने प्रभावकारी माध्यम नै रेडियो बनेको बताउनुभयो । विजय एफएमले बिषम परिस्थितिमा सचेतना फैलाउने, जागरुक बनाउने र समुदायको आवाज बन्न सफल भएको सापकोटाको भनाई छ ।

प्रर्वद्धकिय संस्था विजय विकास स्रोत केन्द्रका अध्यक्ष लक्ष्मी गौतमले चुनौतीलाई चिर्दै सम्भावना चिन्न सके सफलता पाउन सकिने बताउनुभयो । उहाँले विजय एफएमले समुदायको आवाज उठाएको बताउँदै खुल्ला समाजलाई अगाडी बढाउन रेडियोको महत्त्वपूर्ण भुमिका हुने बताउनुभयो ।

प्रर्वद्धकिय संस्था विकू बचत तथा ऋण सहकारी संस्था लिमिटेडका अध्यक्ष ओमप्रसाद सापकोटाले विजय एफएमले समाज परिवर्तमा महत्त्वपूर्ण भुमिका खेलेको बताउनुभएको छ । उहाँले काम गर्ने नगर्ने र कस्तो काम गर्ने हरेक व्यक्ति र संस्थाको हातमा भएकाले मेहनत गरेर अगाडी बढनुपर्ने बताउनुभयो । आगामी दिनमा प्रत्येक वडा, सार्वजनिक संघ संस्थासँगको सहकार्यमा काम गर्न आग्रह गर्दै उहाँले विकू साकोस सधै विजय एफएमसंगै हुने बताउनुभयो ।

संस्थाका संस्थापक सचिव एवं सल्लाहकार समिति सदस्य केशव सापकोटाले जुम प्रबिधि मार्फत बोल्दै विजय एफएमको समुदायमा नै छुट्टै पहिचान र अस्तित्व बनाउन सफल भएको बताउनुभयो । समाजको आवश्यकता अनुसार आफुलाई परिमार्जन गर्दै अघि बढ्नपर्ने बताउनुभयो ।

विजय सामुदायिक शिक्षा सहकारी संस्था लिमिटेडका अध्यक्ष टिकाराम कंडेलले कार्यक्रम समुदायस्तरका भए श्रोताको संख्या बढ्ने बताउनुभएको छ । उहाँले अहिलेसम्म विजय एफएम र विजय खबरले समुदायमा अधिकार स्थापित गर्न र समुदायको हितका लागि कार्यक्रम गरिरहेको र आगामी दिनमा अझ मेहनतका साथ काम गर्न सुझाव दिनुभएको छ ।

विजय लघुवित्त वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत एवं विजय कन्सल्टीङका अध्यक्ष वसन्तराज लम्सालले एजेण्डलाई लिएर अघि वढ्नुपर्ने आवश्यकता रहेको बताउनुभयो ।

सम्मानित संस्थाहरुको प्रतिनिधित्व गर्दै गैंडाकोट पम्पि∙ स्किम खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाका अध्यक्ष शोभाखर रिमालले संस्थालाई सम्मानित गरेकोमा धन्यबाद दिदै विजय एफएमको प्रगतीको कामना गर्नुभयो ।

सुरक्षीत खानेपानीको सचेतना अभिबृद्धिका लागि योगदान पु¥याउने गैंडाकोट पम्पि∙ स्किम खानेपानी, जलुके खानेपानी र अमरापुरी खानेपानी संस्थालाई सम्मान गरिएको थियो । उत्कृष्ट शेयर सदस्यका रुपमा कृष्णप्रसाद सापकोटा र उत्कृष्ट कर्मचारीको रुपमा कार्यक्रम उत्पादक तथा रिपोर्टर माया कंडेललाई सम्मान गरिएको थियो ।

कार्यक्रममा स्वागत मन्तव्य व्यक्त गर्दै संस्थाका उपाध्यक्ष रामहरि शर्मा ले कोभिडले हरेक क्षेत्र प्रभावती बनेको यस्तो अवस्थामा पनि विजय एफएम र विजय खबर संक्रमणबाट जोगिदै सुचना प्रवाह गर्न सक्नु खुशीको कुरा भएको बताउनुभयो । चुनौतीपूर्ण समयमा प्रबिधिलाई सम्हालेर अगाडी बढ्नुपर्ने बताउनुभएको छ ।

साधारण सभाका लागि सेयर सदस्यहरुलाई आर्थिक वर्ष २०७६÷७७ को प्रगति प्रतिवेदन तथा आर्थिक प्रतिवेदन, लेखापरिक्षण प्रतिवेदन, र लेखा समितिको प्रतिवेदन यस आगावै हात हातमा उपलब्ध गराईएको थियो । भने प्रत्यक्ष सम्पर्क नभएका व्यक्तिहरुका लागि सामाजिक सञ्जालमार्फत प्रतिवेदनहरु उपलब्ध गराईएको थियो ।

संभावित सङ्क्रमणको जोखिमका बीच पनि सहकारी ऐनको दफा ३९ (२) अनुसार बार्षिक साधारण सभा बोलाउनुपर्ने अनिवार्य व्यवस्था रहेकोले जुम प्रबिधि मार्फत कार्यक्रम गरिएको थियो । ‘सत्य तथ्य सूचनाको सञ्चार, जनसशक्तीकरणको मूल आधार’ भन्ने भावलाई आत्मसात् गर्दै विजय विकास स्रोत केन्द्र र विकू बचत तथा ऋण सहकारी संस्था लिमिटेडको अगुवाइमा २०५७ सालमा विजय सामुदायिक सूचना तथा सञ्चार सहकारी संस्थाको स्थापना भएको हो । संस्थाले सामुदायिक रेडियो विजय एफएम र विजय खबर पत्रिका सञ्चालन गरेको हो । स्थापनाकालदेखि नै सञ्चारका यी दुवै माध्यमबाट समाजमा सुशासन, विकास, सकारात्मक सोच, सकारात्मक सोचका लागि जागरण र समाजमा सूचनाको पहुँच स्थापित गर्नका लागि निरन्तर सूचना प्रवाह गर्दै आइरहेका छन् ।

 

Share.

Leave A Reply