सवारी साधन रोकेर रकम असुल्ने ६ जना बर्दघाट ४ बाट पक्राउ

0

गैँडाकोट, मंसिर २ । सवारी साधन रोकेर रकम असुल्ने ६ जना युवालाई जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा बर्दघाट–४ का २४ वर्षीय कमल राना र मनिष कुँवर, २३ वर्षीय सञ्जय सुनार, २९ वर्षीय सुजनमान श्रेष्ठ, ३१ वर्षीय निर्मल खरेल र ३० वर्षीय सुजन तिमिल्सिना रहेको जिल्ला प्रहरी कार्यालय परासीका प्रहरी निरीक्षक राजीव श्रेष्ठले जानकारी दिनुभयो ।

सो समूहले लमजुङबाट रुपन्देहीको खैरेनीतर्फ कुखुरा लिएर आउँदै गरेको प्रदेश ०३–००१ च ०२२० नम्बरको जिपलाई रोकी भेटेरेनरी बिल देखाउन भन्दै गाडीको साँचो खोसेर जबरजस्ती रकम माग गरेको थियो ।

साथै गाडीमा रहेका केही कुखुरामा क्षति पु¥याइएको प्रहरीले जनाएको छ ।

Share.

Leave A Reply