मेरो भाई र तिहार

0

 

कृपा अधिकारी

जन्म एक अति सुन्दर उपहार हो। आफ्नो जन्म प्रस्चात आफ्नो भाइ या बहिनी होस भन्ने हरेक बच्चाको रहर हुन्छ। आफु निकै सानो भएपनि मेरा भाइ बहिनी हरु मेरै अञ्जुलीमा हुर्किउन भन्ने इच्छा राख्दछ्न, स्वयम म आफै पनि सानो हुँदा आफु सङ्ग खेल्ने भाइ या बहिनी होस भन्ने चाहना हरेक दिन राख्थे। म हरेक राति मेरि आमा सङ्ग सुत्दा आमाको पेटलाई बारम्बार सुम्सुमाउथे, आदि निद्रा मै पनि आमा सङ्ग गफ गर्थे, पेट भित्र भाई छ नि है भन्दै आमा लाई सोधिरहन्थ्ये । आमा कहिलेकाही महिनावारीको दुखाईले पेट समात्दै रुदै गरेको देख्दा, म घरका सबै सदस्यलाई जोडले चिच्याएर डाकथे,लौन आमाले भाई पाउन आटनु भो जोडले सबैले सुनुन भन्दै चिच्याउथे सबैजना हास्नुहुन्थ्यो, अनि आमा मलाई हेर्दै लाजको घुम्टो अनुहार भरी ओढ्नु हुन्थ्यो। आमाले हरेक पुर्णिामाको ब्रतमा टीका लगाएर मलाई दिएको पैसा, जन्मदै नजन्मेको भाईको लागी खुत्रुकेमा जम्मा गरि राख्थे।

म स्कुल जानी अघि सधै जसो आमा लाई भन्थेस् भरे घर आउँदा भाई पाइदिनुस है, अनि स्कुल बाट फर्केदा बाटो बाटै आमालाइ जोडले डाकथे। कत्रो भाई पाइदिनु भएछ, भोलि साथी हरुले जस्तै हात समातेर डोयाएर लैजान पाउछु कि नाइँ रु भन्ने कुरामै अल्झेर झोला काधमा बोकेर अबेर सम्म आमाको पर्खाइमा बस्थे।

भाईका लागी भनेर कल्पेका सपना निकै नै छ्न, आमाले थालभरी मकै,भट्ट दिदै त्यो सेतो कागजमा आफुलाइ मन पर्ने ब्यक्तिको चित्र बनाउने होमवर्क रहेछ, राम्रो चित्र कोर है भन्दै गर्दास् मेरो आखाले एकोहोरो त्यो सेतो कागज लाई घुरिरहन्थ्यो, र मेरै आखाले त्यो सेतो कागजमा मेरो जन्मदै नजन्मेको भाईको चित्र कोरथ्यो।

नेपालीको होमवर्कमा आफ्नो परिवारका सदस्यको नाम लेख भन्ने सबै प्रश्नमा नाम लेख्न्थे, तिम्रो भाईको नाम के हो रु भन्ने प्रश्नमा मेरो मन अनि आखा ५ मिनेट सम्म टोलाइरहन्थ्यो। र लेख्न थाल्थे ।।।। मेरो भाई आमाको पेटमै छ उसको जन्म भएपछि मात्र म उस्को नाम राख्छु।। भन्ने उतर लेखेर छाडथे। किनकी मलाई त्यो प्रश्न त्यसै छोडेनु मन हुनथ्यो। भाई जन्मेसी उसलाई आफु सङ्गै सुताउछु, एकछिन भुइँमा राख्दिन भन्दै सोच्थे।

हरेक बर्ष फक्र्दै गरेको त्यो मखमलीको थुङ्गालाई आफनै भाईको बाल्यकाल सम्झी कुरा गर्थे।

कुइरो लाग्ने प्रत्येक बिहानिमा झुल्लुक घाम उदाएको न्यानो किरणको तेज देख्दा त्यस भित्र मैले आफ्नो भाइको जन्म देख्थे।

हरेक बर्ष फुल्दै गरेको त्यो सयपत्रीलाई टिप्दा मैले आफ्नो भाइलाई टिपेर आफ्नै अञ्जुलीमा हुर्काए जस्तो लाग्थ्यो।

लटरम्मै फुलेको त्यो मखमलि फुललाई डालाभरी टिप्दै गर्दा आफ्नो जन्मदै नजन्मेको भाई डालिमाथी बसेर फुलका थुङ्गा सङ्ग खेल्दै गरेको देख्थे।

धागोमा सियो छिराउदै गर्दा आफ्नो जन्मदै नजन्मेको भाईको सात जुनिकै दुस्ख त्यही सियोलो प्वाट फुटाए जस्तो लाथ्यो।

हरेक तिहारमा पाक्दै हरेका विभिन्न परिकारका रोटीहरु,कसैले नखादै म थाली भरी राखेर भगवान लाई चढाउथे र प्राथना गर्थे, अर्को बर्ष हाम्रो रोटी खाने भाईको जन्म होस। भोलि पल्ट गाई पुज्दै गर्दा गाईलाई रोटी, फलफूल खुवाउदा चपाउदै गरेको त्यो गाईको लाई घाटि हेर्दा आफ्नो जन्मदै नजन्मेको भाईले गाई बनेर खाएको जस्तो लाग्थ्यो।

गाईको पुजा गर्दा गाईलाई टिका लगाउदा तेलको धर्काले गाईलाई छेक्दा, गाईलाई माला लगाउदा गाईको घाटिमा म आफ्नै भाईको घाटि सम्झेर उनेका सबै माला गाईलाई नै लगाईदिन्थे।

नर्के फाल्ने दिन मलाई सबेरै उठनु पर्ने हुन्थ्यो। नर्के केटाको मात्र फालिन्छ केटीको फालिन्न भन्ने थाहा थियो, मलाई नर्कै आफ्नो देबि जस्ता बहिनिहरुको फाल्नु थियो, त्यसैले कसैले नदेख्ने गरि बहिनीहरुको नर्कै म खुसी हुदै फाल्थे। मैले भाई नजन्मदा सम्म आफ्नै बहिनिको निधारमा लरकने गरे सप्तरङ्गी टिको लगाउने अठोट गरे। दाजुभाइ नभएता पनि बहिनीलाई भाईको प्रतीक मानेर टिका लगाउन सकिन्छ, दाजुभाई नै भएनी दिदिबहिनी नै भएनी आखिर जन्मने कोख त एउटौ होनि। मैले हरेक बर्ष आफ्नो बहिनीहरुको दुख कष्ट ओखरमा फोरेकि छु, यमराज दुष्ट लाई ढोकाबाट नै पर भगाएकी छु, बहिनी कै लागी बिमिरो पुजा गरेर बाटोमा फालेकि छु, ताकी मेरि बहिनी हरु हिडने बाटोले उनिहरुलाई उन्को सफल गन्तव्यमा पुर्याओस।

पोहोर सालको भईलिनिले आशिर्वाद दिदै गर्दा, म आफैले अर्कै बर्ष आउँदा तिम्रो काखमा भाई खेलोस भन्ने आसिस दिनुस न भनी मागे,भइलिनिले मेरो इच्छाहरुलाइ आफ्नै मनमा लिएर मुटुभरिको आशिर्वाद दिएर गएका रहेछ्न क्या हो। धेरै बर्षको प्राथना पछाडी भाईको आगमन मेरो आगनमा भयो । भाईको जन्म तिहारको महिनामा नभएपनि, उ जन्मेको दिन तिहारमा देखिएक सन्सार भरिका झिलिमिली भन्दा उज्यालो मेरो मन भएको थियो। कृष्णरुपि भाईलाइ तिहारमा पुजा गर्ने हामी दिदीबहिनीको तछाड मछाड हुने भयो। सन्सारको सबै भन्दा राम्रो अनि प्यारो उपहार हरेक दिदीबहिनि लाई आफ्नो दाजुभाइ हुन्छ। भाई भर्खरै जन्मेपनी भाईको लागी आशिर्वाद त हामिले शब्द चिन्न सके लगत्तै दिएका थियौ।

भाई तिम्रो हरेक बाधालाई मैले दैलो बाहिरै बाट भगाईदिएकी छु, तिमीलाई मैले घाम भन्दा तेजिलो हुने आशिस दिएकी छु।
तिम्रो जन्मले धानको बाला लह लह झुले जस्तै हाम्रो मायाको सम्बन्ध मखमली भन्दा धेरै गाढा फुलेको छ। तिमि जहा पाइला टेक्छौ त्यो बाटो नै सहज बनिदियोस, समयका हरेक दिनलाई उत्सबका रुपमा लिग्नु, प्राणि जगत र बृद्धअबश्थाका सबैलाई स्नेहने हेर्नु।

भाई तिमि सप्तरङ्गि टीका जस्तै रङनु, तिमिले चालेका कदमहरुमा तिम्रै सत्कर्मको उज्यालोले तिमिलाइ छाया बनि साथ दियोस।
तिम्रो लागी तिहारमा बालेको त्यो कपासको बत्तीले तिम्रो जिबनको हरेक क्षणमा उज्यालो बाल्दिरहोस।
टीका तेल जौतिलले तिम्रो आयु सदैब दिर्घायु बनाइदियोस।
तिम्रो केशमा लगाएको त्यो तोरिको तेलले केश कहिल्यै नझरोस, तिम्रो शिरको त्यो ढाका टोपिले तिमिलाइ सदैब शिखरमा चढने रहर प्रेरित गरोस।

परदेशिएका दिदिभाईको कथा

दिदि परदेशिदा तिहार आयो दिदि भन्दै ढोकाको डिलमा बसि दिदिको मायामा आशु कहिल्यै नझार्नु है। बिदा मिलेन यसपाली भाईटिका लगाउन पाइएन है। फुलेको सयपत्री हेरेर दिदिलाइ नसम्झनु है। तिम्रो जस्तै मेरो पनि इच्छा तिमि मै जमेको छ मेरो भाइ, प्रत्येक खाने कुरा देख्दा तिमै सानो घाटिको याद आउछ अनि म तिमिलाइ सम्झेर भक्कानो फुटाउछु मेरो भाइ। पोहोर पनि आइन दिदि यसपालि नि आइन, दिदिले मलाई माया गर्दिन नभने है। तिमिलाइ यि हातले टीका लगाइदिदै, ढाका टोपी लगाउदै तिम्रो शिर शत्रु सामु झुकोस भन्ने आशिष दिनु मन छ।म तिमि बाट टाढा भएपनी तिमिलाइ हरेक पल्ट सम्झ्न्छु। तिमिलाइ काखमा बोकेर देउशी खेल्ने कति मन थियो, तातो तातो रोटी तिमिलाइ आफ्नै हातले खुवाउने कति मन थियो, सधैभरी लाखापाखा भएका दाजुभाइ दिदिबहिनी एकै ठाँउमा गुन्द्री ओछ्याएर टीका लगाउने। अर्कै तिहारमा भेटने आशमा रोएको मनलाई ढोकाकै डिलमा बसि बुजाउदै छु। लाखौं आशीस दिन्छु, सधै मनमा खुसी लिनु, दिदि अर्को बर्ष आउछु भाइ यसपालि खुसीले बस्नु।

स्( बिदेशीएर तिहारमा भेट् हुन नपाएका दाजुभाइ दिदिबहिनी कैयौं छ्न, हामी हाम्रै साथमै भएका दाजुभाइ दिदीबहिनीको सम्बन्ध भने खोलामा लागेको लेउ जस्तो बनेको छ।
धेरै बर्ष अघि यमराजले दाजु लाई लिन आउदा बहिनी रुदै, टीका लगाएसी मात्र लैजानुस है, भन्ने बिन्ती बिसाएको देख्दा यमराजले दाजुबहिनिको प्रगाढ माया देख्दा, काल आएर लिन आएको दाजु लाई नलि फर्किन बाध्य भयो रे भन्ने भनाइ नै छ। तर आजभोलि पैसा ,सम्पत्ति मा टुक्रिएको सम्बन्ध ले तिहार कहिल्यै सम्झिन्न। दाजुभाइ दिदिबहिनी हुने ले पनि खाली हात बसेको देखिन्छ। मान्छेलाई नाता भन्दा पनि अहम् र स्वार्थले थिचेको रहेछ। दिदि भाइको सम्बन्ध संगीत र शब्दको जस्तो होस, कुनैपनी भाइले आफनि दिदिलाइ बिदाइ गर्दा भाइटीकाको निम्तो दिएर तिहार अगाडि नै नाता नतोडोस।

मेरि आमाको मुहारमा बल्ल पूर्णताको हासो खेल्न थालेको छ, भाइ केबल तिम्रो जन्मले। हामी दिदिबहिनीलाई बल्ल तिहार अर्थपुर्ण लाग्दैछ, भाई केबल तिम्रो जन्मले।

भाई तिमिलाइ तेलको धाराले छेक्दा नै मैले तिमिलाइ हरेक दुस्ख बाट सदैका लागी छेकेकी छु।
सुक्दैन हाम्रो यो मिठो नाता मखमली नसुकुन्जेल, हाम्रो सम्बन्ध आत्मीय छ यो धर्ती रहुन्जेल। म मरेरै गएपनि हाम्रो यो नातालाई हरेक तिहारले ताजा गराउने छ भाई।
म मरेरै गएपनी तिमि पिर नमान्नु, तिम्रो जन्म अगाबै मैले कयौं ओखर दैलो मा राखी तिम्रो सात जुनि सम्मको दुःख कष्ट लाई फोरेकि छु, तिम्रो हरेक जन्मको लागि दिघायुको कामना गरेकी छु।

मैले देख्दै नदेखेको त्यो पर।।।।।।को खुसी तिमिले सजिलै हासिल गर्नु मेरो भाई।

दुस्ख गरेर हुर्काएकी हरेक दिदिको पाउमा आफ्नो भाइले ढोग्दा आफु सानो भए भनेर कहिल्यै नसोच्नु है। माइतिको चोखो कोसेली हरेक चेलिलाइ आफ्नो दाजुभाइ हुन्छ। भाइटीकामा भेट्न् आउछु भनेर अन्माइएका हरेक चेलिको तिहारमा आशु कहिल्यै नआओस् है।

बाबुआमाको दुखमा आफ्नो सफलताको किरण छर्ने प्रयास गर्नु, तिम्रा लागी दुस्ख गर्दा खिएका ति बुढा औलामा मिठो बोलिको मलम सधै भरी लगाउनु। दिदिबहिनीको खुसीमा आफ्नो नि) स्वार्थको हासो सदैब मिसाउनु, दिदीबहिनीको अनुपस्थितमा दिदीबहिनीको खोजी सदैब गरि नै रहनु। आफ्नो कर्तव्य बाट पर कहिल्यै नहटनु है।

मैले मेरो भाईलाइ आफ्नो औला समातेर ताते ताते गराए जस्तै,म बृद्ध हुदा मेरा कापेका औंलाले मेरो भाइको भाग्यमानी निधारमा,सधैभरी सप्तरङ्गी टीका लगाउन पाउ। मेरो बृद्ध उमेरमा कापेको औलाले धागोमा सियो उनेर मेरो कलिलो भाइलाई माला उन्न सकोस। कापेको हातले धेरै टुत्रा हुने गरि ओखर फुटाओस। कापेको त्यो निलो ओठले मेरो भाइलाई सन्सारकै खुसी अङाल्ने आशिष दिन सकु।

तिहारमा सबै जना बसेर माला उन्दै गर्दा हामी पनि उन्न बस्थयौ। अनि आफ्नैहरुको आवाज सुनिन्थ्यो तिमिहरु अ्ल्ली पर बसेर माला उन,हाम्रो माला नछुनु अशुब हुन्छ, तिमीहरूको दाजुभाइ नै छैनन् भनेको हिजो जस्तै लाग्थ्यो। आज उहाँहरु सबैलाई बोलाएर सङ्गै सुकुल ओछ्याएर टीका लगाउ है भन्नु मन छ।

आफ्नो भाइ नजन्मिदा कोहि नजिकै को नाता पर्नेमा टीका लगाइदिन पाइने भो भन्ने हर्शका साथ बिहान नै उहाँहरुको घरमा पुगि कुरेर बस्थ्यौ्, तर साइतको ५ मिनेट अगाडि आफ्नो आमा लाई भाई पाउन लगाएर टीका लगाइदे बन्ने शब्द सुन्दा हामी आखा भरी आशु बनाए घर फर्केको कुरा आज सम्म तिर बनेर मनमा हान्छ। त्यो बचन सम्झदा प्रत्येक पल मनमा बाढि आउछ।

भाइको जन्म भएपछी, भाइको लागी सजाएका कल्पना हरु ले न्याय पाएका छ्न। भाईको जन्मले गर्दा हरेक दिन तिहार भन्दा पनि खास रमाइलो ले बित्ने गरेको छ।

सम्पुर्णमा तिहारको ह्रदय देखी नै शुभकामना।। हरेको को निधारमा सप्तरङ्गी टीका र गलामा माला होस१ सम्पुर्ण दाजुभाइ तथा दिदीबहिनीको दिघायुको कामना गर्दछु।
दाजुभाइ नहुनेले अरुको दाजुभाइ लाई बिन्ती बिसाएर टीका लगाउनुको सट्टा आफ्नै दिदिबहिनी लाई रित पुयाएर टीका लगाउनुस है।।

)

Share.

Leave A Reply