कावासोती ५ मा जुवा खेलिरहेका ५ जना पक्राउ

0

गैँडाकोट,, मंसिर २ । जिल्ला प्रहरी कार्यालय नवलपरासी (पूर्व) ले तास खेलिरहेका ५ जना पक्राउ परेका छन् । हिजो साँझ साँढे ७ बजेतिर कावासोती ५ स्थित नारायण कुमालको घरमा जुवातास खेली रहेका कावासोती ४ बस्ने गणेश पोख्रेल, मिन बहादुर कानु मगर,शिव प्रसाद महत्तो, शुक बहादुर कुमाल, राम बहादुर कुमाल पक्राउ परेको जिल्ला प्रहरी कार्यालय नवलपरासी (पूर्व) का सूचना अधिकारी प्रहरी निरीक्षक सागर पन्तले जानकारी दिनुभयो ।

तास खेली रहेको अबस्थामा फेला पारी तासको खालबाट नगद रु. ८०,४२०।– (असीहजार चार सय बिस), ३ बुक तास समेत बरामद गरी जुवा मुद्दामा अनुसन्धान भईरहेको पन्तले बताउनुभयो

Share.

Leave A Reply