मकवानपुका २ जना कोरोना संक्रमितको चितवनमा मृत्यु

0

चितवन, मंसिर १ ।मकवानपुर जिल्लाका २ जना कोरोना संक्रमितको चितवनमा मृत्यु भएको छ । भरतपुर अस्पतालका सुचना अधिकारी लिलाधर पौडेलका अनुसार हेटौंडा ४ बस्ने ५४ वर्षीय पुरुष र बकैया–७ बस्ने ६० वर्षीय पुरुषको मृत्यु भएको हो । हेँडौटा ४ का पुरुष आज कोभिड संक्रमण सहित ज्वोरो, खोकी र श्वासप्रश्वाशमा समस्या भई अस्पतालको कोभिड आइ.सी.यु भर्ना हुनुभएको थियो ।

आज नै कोरोना पुष्टि भएको उहाँको दिउसो ३ः०० बजे मृत्यु भएको हो । त्यस्तै बकैया–७ बस्ने ६० वर्षीय पुरुष कार्तिक २१ गते ज्वोरो, खोकी र श्वासप्रश्वाशमा समस्या भई अस्पतालमा भर्ना हुनुभएको थियो ।

कार्तिक २४ गते कोभिड १९ संक्रमण पुष्टि भएको उहाँको स्वास्थ्य अवस्था थप जटिल हुदैं गएपछि सोही दिन कोभिड आइसीयूमा राखी उपचार गरिएको अस्पतालका सुचना अधिकारी लिलाधर पौडेललाई जानकारी दिनुभयो । उहाँको हिजो साँझ ५ः४५ बजे मृत्यु भएको हो ।

Share.

Leave A Reply