भाइटीकाको दिन गैंडाकोट ५ मा दुर्घटना, २ जना घाइते

0

गैंडाकोट, मंसिर १ । गैँडाकोट नगरपालिका वडानम्वर ५ चादनी चोक नजिक अटो दुर्घटना हुँदा २ जना घाइते भएका छन् ।

घाइते हुनेहरुमा भरतपुर महानगरपालिका वडानम्वर १ बस्ने अन्दाजी वर्ष ५ का विवेश सिँजाली मगर र गैडाकोट ६ बस्ने वर्ष १४ की सलिना सिँजाली मगर रहनुभएको छ ।

विवेशको दाइने खुटामा चोट र वाँया खुटटा भाचिएको अवस्थामा पुरानो मेडिकल कलेजमा उपचार भइरहेको र गैडाकोट ६ बस्ने सलिनाको दाइने हातमा समान्य चोट सहित नयाँ मेडिकल कलेजमा उपचार जारी रहेको इलाका प्रहरी कार्यालय गैंडाकोटका प्रमुख प्रहरी निरीक्षक चन्द्रवहादुर थापाले जानकारी दिनुभयो ।

पूर्वबाट पश्चिम आउँदै गरेको ना १ ह १७७७ अटो दुर्घटनामा परेको थियो । मापसे गरी अटो चलाएका कारण दुर्घटना भएको हुन सक्ने अनुमान गरिएको छ । घटनावारे थप अनुस्न्धान भइरहेको र अटो र चालक प्रहरीको नियन्त्रणमा रहेको थापाले जानकारी दिनुभयो ।

Share.

Leave A Reply