देउसी भैलो नहुँदा तिहार खल्लो

0

 

गैँडाकोट, मंसिर १ । विश्वव्यापी फैलिएको कोरोना भाइरस कोभिड १९ को महामारीका कारण यस वर्ष गैडाकोट र आसपासका क्षेत्रमा तिहारको रौनकता कम देखियो ।

विगतमा तिहार शुरु भएसँगै परम्परागत पोसाकसहित निस्कने देउसी भैलो खेल्ने समूहका कारण छुट्टै चहलपहल देखिन्थ्यो । यस वर्ष कोरोना महामारी फैलने जोखिमलाई दृष्टिगत गरी जिल्ला प्रशासनले देउसी भैलो खेल्नमा रोक समेत लगाएको थियो ।

बढ्दो जोखिमका कारण सर्वसाधारणमा पनि कोरोनाप्रतिको सजगता देखिएको छ ।

घरघरमा सामान्य दीपावली गरिए पनि यस वर्ष तिहारको रौनकता नदेखिएको स्थानीयहरुले बताएका छन् । यस अघि प्रत्येकको घरघरमा सामुहिक तथा संस्थागत देउसी भैलो खेल्ने रमाउने र आशिर्वाद साटसाट गर्ने गरिएपनि यस पटक कोरोनाका कारण सवै स्थगित भए ।

घर परिवार र छिमेकी वाहेक अन्य ठाउँका व्यक्तिहरुसँग कमै सम्पर्कमा रहेर यस पटकको तिहार मनाइएको छ ।

Share.

Leave A Reply