आइसोलेसनमै तिहार, भाइटीका सँगै देउसी भैलो पनि

0

तस्बिर ः पत्रकार शालिकराम कोइराला

गैँडाकोट, मंसिर १ । नवलपुर जिल्लाको एक मात्र अस्थायी कोभिड १९ अस्पताल प्राकृतिक चिकित्सालय रजहरमा स्वास्थ्य लाभ गरिरहनुभएका कोरोना संक्रमितहरुले पनि भाइटीका मनाउनुभएको छ ।

आइसोलेसनमा रहनुभएका उहाँहरुले सामान्य अवस्थामा जस्तै भाइटीका लगाएर पर्व मनाउनुभएको हो । नेपालकै नमूना यो अस्थायी कोरोना अस्पतालबाट हालसम्म आठ सय पाँचजना संक्रमण मुक्त भएर घर फर्किसकेका छन् । हाल पाल्पा,स्याङ्जा,बागलुङ,गुल्मी, चितवन र पूर्वी नवलपरासी घरभई कर्मथलो नवलपुर बनाएका आधि दर्जन जिल्लाका डेढ दर्जन संक्रमितहरू आईसोलेशनमा रहेका छन् । सुरक्षाकर्मी,स्वास्थ्यकर्मी, संचारकर्मी, सहकारीकर्मी,निजामती कर्मचारी र सर्वसाधारण गरि अठ्ठार जना प्राकृतिक चिकित्सालयमा रहेका छन् ।

आइसोलसनमा रहेर आफू संक्रमित हुँ भन्ने अनुभूति हुन नपाएको र आत्मवल सँगै संस्कृतिको संरक्षणमा लागिरहेको त्यहाँ रहनुभएका पत्रकार शालिकराम कोइरालले जानकारी दिनुभयो ।

परम्परा अनुसार आइसोलेसनमा रहनेहरुले देउसी भैलो खेल्ने र चिकित्सालयका परिवारले दक्षिणा सहित परिकारहरु उपलब्ध गराउने गरेको कोइरालाले बताउनुभयो । देशकै सर्वोत्कृष्ट आइसोलेसनमा रहदा परिवारसँगै बसेको अनुभूति हुने गरेको उहाँहरुको भनाई छ ।

Share.

Leave A Reply