एपोलो पेन्ट्स प्रालीका आफ्नै गार्ड ले ९७ लाख चोरी गरेको आरोप, प्रहरीद्धारा पक्राउ

0

चितवन, कार्तिक ३० । जिल्ला प्रहरी कार्यालय चितवनले भरतपुर महानगरपालिका वडा नम्वर ९ काँडाघारीमा रहेको एपोलो पेन्ट्स प्रालीबाट रु.९७ लाख नगद चोरी गरेको आरोपमा ब्यक्तिलाई पक्राउ गरेको छ । कार्तिक २७ गते राती सेफ (लकर) फुटाई नगद चोरी भएको भन्ने सुचना प्राप्त हुनासाथ अस्थायी प्रहरी पोष्ट गोन्द्राङ र जिल्ला प्रहरी कार्यालय भरतपुर चितवनबाट खटिएको प्रहरी टोलीले अनुसन्धान पछि प्रालीमै सेक्युरिटी गार्डको रूपमा काम गर्ने कालिका नगरपालिका वडा नं.६ बस्ने बर्ष ४० को कबिराज थापालाई पक्राउ गरेको हो ।

अनुसन्धानका क्रममा कार्तिक २८ गते सोही कम्पनीका कामदार तथा सेक्युरिटी गार्ड बस्ने क्वाटरमा थापा बस्ने कोठा भित्र खाटमुनि झोला भित्र लुकाई छिपाई राखेको अबस्थामा नगद रू ५७ लाख रुपैया र सोही भवनको उत्तर पट्टि पर्खाल नजिकै झाडिमा लुकाई प्लाष्टिकको बोरा भित्र राखेको अबस्थामा नगद रू ४० लाख र चोरी कार्यमा प्रयोग हुने औजारहरू समेत बरामद गरेको सुचना अधिकारी प्रहरी नायव उपरीक्षक सुर्य थापाले जानकारी दिनुभयो ।

उहाँका अनुसार रुपैया सहित हेक्सा ब्लेड फ्रेम सहितको १ थान,फलामको रडबाट बनेको खुर्पी २ थान, हेक्सा ब्लेड खुल्ला १थान ,पहेलो,निलो रङगको बोरा १ थान, कालो झोला १ थान बरामद गरिएको छ । चोरी कार्यमा संलग्न ब्यक्तिलाई सम्मानित चितवन जिल्ला अदालतबाट पक्राउ अनुमति लिई चोरी कसूर अन्तर्गत आवश्यक अनुसन्धान कार्य भइरहेको थापाले जानकारी दिनुभयो ।

Share.

Leave A Reply