चितवन गैंडाकोटमा सयपत्री फूल अभाव

0

गैंडाकोट, कार्तिक ३० । नारायणगढ बजार र गैंडाकोटमा फूलको अभाव भएको छ । तिहार सुरु भएलत्तगैदेखि विक्रि सुरु भएको सयपत्री फूलको अभाव भएको हो । व्यवसायिक फूल उत्पादन गरेको किसानहरुले सवैले फूल विक्रि भइसकोको बताएका छन् ।

हिजो सम्म केहि माला र फूलको थुगा भेटिने नारायणगढ बजारमा आज कहिपनि सयपत्री फूल भेटिएको थिएन । यस वर्ष फूल चाँडै फुलेर, धेरै पानी परेर र हुस्सुका कारण उत्पादनको केही प्रतिशत फूल खेर जाँदा पनि अभाव चाँडै भएको व्यवसायिक फूल खेती गर्नुभएका सागर कार्कीले बताउनुभयो ।

चाँडै फूलेको फूललाई माला बनाएर स्टोर गरेपनि विग्रिएको उहाँको भनाई छ । अहिले बोटमा कुनै पनि फूल वाँकी नरहेको कार्कीले बताउनुभयो ।

Share.

Leave A Reply