नवलपुरमा गैंडाकोटका २ व्यक्ति लागुऔषध सहित पक्राउ

0

गैंडाकोट, कार्तिक २८ । जिल्ला प्रहरी कार्यालय नवलपुरले लागु औषध सहित गैंडाकोटका २ जनालाई पक्राउ गरेको छ ।

आज दिउसो १ बजेको समयमा मध्यबिन्दु न.पा. वडा नं. ८ स्थित पूर्व पश्चिम राजमार्ग सडक खण्डमा प्रहरी टोलीले चेकजाँच गर्दा लागुऔषध बरामद गरेको सूचना अधिकारी प्रहरी निरीक्षक सागर पन्तले जानकारी दिनुभयो । पक्राउ पर्नेहरुमा गैडाकोट ४ बस्ने वर्ष २२ को सोम बहादुर परियार र वर्ष १९ को अमित परियार रहेको पन्तले बताउनुभयो ।

पश्चिम बाट पूर्व तर्फ आउदै गरेको प्रदेश ३-०३-००१ प ७३२१ नम्वर को मोटरसाइकल चेक जाच गर्ने क्रममा उनीहरुको साथबाट डाइजापाम ६० एम्पुल, फेनारगन ६० एम्पुल, नुर्फिन ५० एम्पुल गरी जम्मा १७० एम्पुल लागु औषध बरामद भएको हो । उनीहरु विरुद्ध लागु औषध तथा नियन्त्रण ऐन २०३३ बमोजिम कसुर अन्तर्गत अनुसन्धान कार्य अघि बढाईएको छ ।

Share.

Leave A Reply