मुग्लिनमा सवारी चालकको स्वास्थ्य जाँच

0

चितवन, कार्तिक २८ । चितवनमा सवारी चालकहरुको स्वास्थ्य परीक्षण गरिएको छ । सवारि दुर्घटना न्युनिकरण गर्ने उदेश्यले दिनको साँढे १ बजे देखि साँढे २ बजे सम्म ट्राफिक प्रहरी कार्याल मुग्लिन, इलाका प्रहरी कार्यालय र मुग्लिन हाइवे अस्पतालको सहकार्यमा स्वास्थ्य परीक्षण गरिएको प्रहरी सहायक निरीक्षक युवराज बसौलाले बताउनुभयो ।
सवारी धनीहरुले चालक विरामी हुँदापनि सवारी चलाउन दबाव दिने र स्वास्थ्य भन्दा पनि आम्दानीलाई प्राथमिकता दिँदा हुन सक्ने दुर्घटना न्यूनिकरणका लागि यो कार्यक्रम गरिएको र ५३ जना चालकहरुको स्वास्थ्य परीक्षण भएको उहाँको भनाई छ । स्वास्थ्य परीक्षणका समय व्लड प्रेसर, सुगर लगायत चेकजाँच गरी ट्राफिक नियमको बारेमा जानकारी गराइएको छ । हाइवेमा संचालन भएका सवै खालका सवारी चालकहरुको स्वास्थ्य परीक्षण गरिएको हो । ।

Share.

Leave A Reply