शतायु पुरुष भुमिश्वर सापकोटाको १०७ वर्षको उमेरमा निधन

0

गैंडाकोट, कार्तिक २८ । नेपाली काँग्रेस नवलपरासीका महासमिति सदस्य, काँग्रेसका नेता तिलकप्रसाद सापकोटाका पिता भुमिश्वर सापकोटाको आज निधन भएको छ । १०७ वर्षको उमेरमा उहाँको निधन भएको हो ।

नेपाली काँग्रेस सेनानी संघका सदस्य समेत रहनुभएका भूमिश्वर सापकोटाको दिउँसो २ बजेर ३५ मिनेटमा निधन भएको उहाँका नाती कृष्ण सापकोटाले जानकारी दिनुभयो । उहाँको भोलि विहान ब्रह्ममेद संस्कारपश्चात् विहान ९ बजे सागर शवयात्रा गरिने नाती सापकोटाले जानकारी दिनुभयो ।

यस क्षेत्रका संघीय सांसद डा शसांक कोइरालाको विशेष उपस्थितीमा भोलि उहाँको अन्त्यष्टी गरिने भएको छ । विस १९७१ साल माघ १ गते जन्मनुभएका भुमिश्वर सापकोटा बाग्लुङको दमेक रितिपबाट विस २०२९ सालमा गैडाकोटमा बसाइसराई गर्नुभएको थियो । बीपी कोइरालको सहयात्रीको रुपमा पनि चिनिनु हुने सापकोटा धार्मिक आध्यात्मिक व्यक्तित्व सँगै सधैँ सत्य र न्यायको पक्षमा वकालत गर्ने निर्भिक व्यक्तित्व हुनुहुन्थ्यो ।

पन्चायती प्रतिवन्धित समयमा नेपाली काँग्रेस पार्टीका शिविर संचालन हुदा उहाँको सक्रिय सहयोग र बीपीलाई आतिथ्यता ग्रहण गर्ने सक्रिय कार्यकर्ता समेत रहनुभएका सापकोटाको २ जना छोरा र १ छोरी हुनुहुन्छ ।

Share.

Leave A Reply