बैतडीमा बस दुर्घटना हुँदा ९ को मृत्युु, ३४ घाइते

0

कार्तिक २८ । बैतडी जिल्लामा बस दुर्घटना हुँदा ९ जना यात्रुको मृत्यु भएको छ । दुर्घटनामा परी ३४ जना घाइते भएका छन् । दशरथचन्द राजमार्गअन्तर्गत बैतडीको पाटन नगरपालिका–८ खोड्पेमा
दार्चुलाको गन्नाबाट महेन्द्रनगरका लागि छुटेको पवनदूत यातायातको ना ५ ख ५१४१ नम्बरको बस बिहीबार राति साढे १० बजेतिर दुर्घटनामा परेको हो ।

सानो घुम्तीबाट बस ६०० मिटर जति तल खसेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक नारायणप्रसाद अधिकारीले जानकारी दिनुभयो ।मृतकहरुको सनाखत हुन बाँकी छ । मृतकमध्ये सात जना पुरुष र दुई जना महिला छन् ।

Share.

Leave A Reply