बालबालिकालाई अनलाईन सुरक्षा सम्बन्धी जानकारी दिन जोड

0

कार्तिक २७ । कोरोना महामारी पश्चात विद्यालयका लगायत हुने भर्चुअल कक्षाहरु संचालन हुँदा हुन सक्ने अनलाइन असुरक्षाका बारेमा बालवालिकालाई राम्रोसँग जानकारी दिनुपर्नेमा देवचुलीका किशोरकिशोरीहरुले जोड दिएका छन।

जागृति बाल तथा युवा सरोकार नेपालको आयोजना कन्नालन स्विजरल्याण्डसँगको साझेदारीमा सञ्चालित किशोरी शसक्तिकरण कार्यक्रम अन्तर्गत आज देवचुली नगरपालिका वडा नं. १६ मा रहेको देवचुली माध्यमिक विद्यालयसँगको साझेदारीमा सञ्चालित एक दिने अनलाईन सुरक्षा सम्बन्धी तालिममा सहभागि भएका किशोरकिशोरीहरुले सो कुरा बताएका हुन् ।

अनलाईनबाट राम्रो कुरा सँगै असुरक्षा पनि हुने भएकाले असुरक्षाकै कारण मानसिक रुपमा समेत असर पुग्न सक्ने कक्षा ९ की छात्रा सविता लामिछानेले बताउनुभयो । विद्यालयका कक्षाहरु समेत अनलाईनबाट हुने भएकोले धेरै समय यसमा नै बिताउने र सवैले रामो मात्र साईटहरु नहेरेर अश्लिल खालका साईटहरु हेर्न सक्ने भएकाले त्यो रोक्न अभिभावक शिक्षकहरुले पनि ध्यान दिनुपर्नेमा ईलाका प्रहरी कार्यालय रजहरका असई शिवजी पन्तले बताउनुभयो । केही समस्याहरु आएमा ईलाका प्रहरी कार्यालयमा वा १०० मा सम्पर्क गरेर समेत सहयोग लिनु पर्ने कुरामा जोड दिनुभयो ।

सो कार्यक्रममा देवचुली माध्यमिक विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष सुर्य न्यौपोनेको प्रमुअ अतिथि, विशेष अतिथिको रुपमा देवचुली नगरपालिका वडा नं. १६ वडा सदस्य जानकी लामिछाने, विद्यालयका शिक्षकहरु राजन गौतम लगायतका व्यक्तित्वहरुको उपस्थिती रहेको थियो ।

सो कार्यक्रममा किशोरी अभियन्ताहरु रेजिना घर्ती मगर, सृजना अर्याल र रविना केसीले सहजिकरण गर्नुभएको थियो । कार्यक्रममा अनलाईन सुरक्षा, यसको फाईदाहरु, कसरी सामाजिक सञ्जालहरुको सदुपयोग गर्ने, केही समस्याहरु आएमा कहाँ र कसरी सम्पर्क गर्ने भन्ने बारेमा सहजिकरण गरिएको जागृति बाल तथा युवा सरोकार नेपालका कार्यक्रम अधिकृत सविता पंगेनीले बताउनुभयो । कार्यक्रममा ३० जना किशोरकिशोरीहरुको सहभागिता रहेको थियो ।

Share.

Leave A Reply