नवलपुर प्रहरीद्धारा ५ हजार १७० थान पटका र १ हजार १५ लिटर घरेलु मदिरा नष्ट

0

गैंडाकोट, कार्तिक २७ । जिल्ला प्रहरी कार्यालय नवलपुरले आज १ हजार १५ लिटर घरेलु मदिरा नष्ट गरेको छ । जिल्ला मातहत रहेका प्रहरी कार्यालयहरुबाट बरामद भएका अवैध घरेलु मदिरा नष्ट गरिएको सुचना अधिकारी विशाल तामाङले जानकारी दिनुभयो ।

उहाँका अनुसार अस्थाई प्रहरी पोष्ट डण्डा नवलपरासी (पूर्व) को प्रारङ्गणमा खाडल खनी आज नष्ट गरिएको हो । नवलपुरको डण्डा वरीपरी विक्रि गर्नका लागि ल्याउने क्रममा गस्तीमा रहेका प्रहरीहरुले बरामद गरेको घरेलु मदिरा नष्ट गरिएको तामाङले जानकारी दिनुभयो ।
सरकारले घरेलु मदिरा सम्बन्धि नियम नबनाइदिँदा विदेशी महङ्गा रक्सी खुलमखुल्ला विक्रि भइरहेका छन् भने स्थानीय उत्पादनलाई प्रयोग गरी दैनिकी चलाउन स्थानीयले मेहनत गरेर बनाएका घरेलु रक्सीलाई भने अवैध भन्दै प्रहरीले बरामद गरी नष्ट गरिहरेको छ ।

नीति निर्माण तहमा रहेकाहरुको ध्यान नहुँदा स्थानीय सधैँ समस्यामा छन् । घरमै बनेको मदिरालाई निश्चित मापदण्ड सहित सरकारले विक्रिका लागि अनुमति नदिँदा यसैगरी नियन्त्रणमा लिने र नष्ट गर्ने प्रकृया चलिनै रहने देखिएको छ । साथै प्रहरीले आज नै बिभिन्न प्रकारका पटकाहरु गरी ५ हजार १७० थान पनि आजै नष्ट गरिएको छ ।

Share.

Leave A Reply