४ विद्यार्थीलाई छात्रबृत्ति दिँदै सहमति संस्था गैंडाकोटले सम्पन्न गर्यो साधारण सभा

0

माया कडेँल, कार्तिक २७, गैंडाकोट । गरिव तथा जेहन्दार ४ जना विद्यार्थीलाई छात्रबृत्ति दिँदै सहमति संस्था गैंडाकोटले १९ औं बार्षिकोत्सव एवं २२ औं साधारणसभा भर्चुअल तथा भौतिक उपस्थिती सहित सम्पन्न गरेको छ ।

विद्यार्थीलाई अध्ययनमा सहज हुने भएकाले संस्थाले २ बर्षदेखि छात्रवृत्ति कार्यक्रम संचालन गरिरहेको छ । जसबाट जेहन्दार र आर्थिक रुपमा विपन्न विद्यार्थी लाभान्वित भएका छन् । कार्यक्रममा बोल्दै अध्यक्ष करुणासागर सुबेदीले उत्थानशिल जिवीकोपार्जनका लागि आर्थिक विकास, सुशासन , बातावरण संरक्षण एवं व्यवस्थापन लगायत स्थानीयको दैनिकी र समस्या समाधानमा सहमतिले काम गरिरहेको बताउनु भयो ।

हालसम्म देशका ४८ जिल्लाका १५ लाख १८ हजार ८२० जनसंख्याका समक्ष पुगेको बताउनु भयो । सरकारी निजी र साझेदारी एवं सहकार्यमा समुदायको समृद्धिका लागि काम गर्ने पनि बताउनु भयो । कोभिडले हरेक क्षेत्र जस्तै संघ संस्थालाई प्रभाव पारेपनि स्थानीय निकायसंगको साझेदारीमा कोभिड न्युनीकरणका लागि गरिने बिभिन्न कार्यमा सहमतिले सहयोग गर्दै आएको अध्यक्ष सुबेदीले बताउनुभयो ।
प्रगति प्रतिबेदन प्रस्तुत गर्दै संस्थाका महाचिव नगेन्द्रप्रसाद रिजालले अमिला जातका फलफूलको बजार व्यवस्थापन र प्रर्वद्धन परियोजना, नेपाल भारत बाढी उत्थानशिल परियोजना, महिला सहकारिका क्षमता अभिबृद्धि परियोजना, समाबेशी ग्रामीण बिकास कार्यक्रम लगायत केही सम्पन्न र केही संचालनमा रहेको बताउनुभयो ।

संस्थाका कोषाध्यक्ष बेलप्रसाद पौडेलले गत आर्थिक बर्षको तुलनामा अहिलेको बर्षमा १ करोड ५६ लाख ५१ हजार ४१८ रुपैया र अन्य आम्दानीमा ४१ लख २ हजार १३१ रुपैयाले बृद्धि भएको बताउनुभयो । यस आर्थिक बर्षमा ३४ करोड रुपैया बराबरको बजेट योजना बनाएको जनाईएको छ ।

कार्यक्रममा पूर्व अध्यक्ष रत्नप्रसाद सापकोटाले सहमतिले कोभिड संग लडदै बिभिन्न कार्यक्रम गरेको बताउनुभयो । सल्लाहाकार समिति सदस्य एवं पूर्व अध्यक्ष भिमप्रसाद शर्माले घरघर र गाउँगाउँमा सहमति पुग्न सफल भएको बताउनुभयो ।

यस्तै निबर्तमान अध्यक्ष होमनाथ सुबेदीले नया अवधारणा अनुसार संस्था अगाडी बढाउन र संस्थालाई सधैँ वयस्क राख्न आवश्यक रहेको बताउनुभयो । बरिष्ठ साहित्यकार कविवर गोबिन्दराज विनोदीले सहमतिको योगदान समाजमा अतुलनीय रहेको बताउनु भएको छ ।
कार्यक्रममा सहमति बर्ष व्यक्तित्वबाट संस्थाका सचिव विमला खनाल सम्मानित हुनुभएको छ । यस्तै कर्मचारीतर्फबाट विजय सुबेदी र राजकुमार धौलाकोटी सम्मानित हुनुभएको छ । करुणासागर सुबेदीको अध्यक्षता रहेको कार्यक्रममा उपाध्यक्ष लक्ष्मी भट्टराइले स्वागत र महासचिव नगेन्द्रप्रसाद रिजालले सहजीकरण गर्नुभएको थियो ।

Share.

Leave A Reply