जलुके वक्तृत्वको फाइनल सम्पन्न, उपाधि ऋजुषाको पोल्टामा

0

गैँडाकोट, २७ कार्तिक । जलुके वक्तृत्वकला प्रतियोगिता २०७६ को उपाधि नेपाल राष्ट्रिय शमसेर आदर्श माध्यामिक विद्यालयकी छात्रा ऋजुषा भट्टराईले प्राप्त गर्नुभएको छ ।

मौलाकालि सामुदायिक वनको सभाहलमा बिहिबार सम्पन्न फाइनल प्रतिष्पर्धामा बालबिकास इंग्लीस बोर्डिङ स्कूकी छात्रा सिम्रन पौडेल द्धितीय, सूर्यविनायक ईं बोर्डिङ स्कूलकी छात्रा सृष्टि अधिकारी तृतीय हुनुभएको छ । श्रीकृष्णगण्डकी माध्यामिक विद्यालय ढोडेनीकी छात्रा लुना गुरुङले सान्त्वना स्थान हासिल गर्नुभएको छ ।

प्रतियोगितामा प्रथम हुनेलाई १० हजार, द्धितिय हुनेलाई ७ हजार, तृतीय हुनेलाई ५ हजार नगदराशी, शिल्ड तथा प्रमाणपत्र र सान्त्वना हुनेलाई ३ हजार र सहभागिहरुलाई एक÷एक हजार नगदराशीले सम्मान गरिएको थियो । फाइनल प्रतिष्पर्धामा छनोट चरणबाट १० वटा विद्यालय प्रवेश गरेका थिए । फाइनल प्रतिष्पर्धामा ७ वटा विद्यालयको मात्रै उपस्थिति रहेको थियो । प्रतियोगिताको छनोट चरण गत फागुनमा सम्पन्न भएको थियो । फाइनल प्रतिष्पर्धा गत चैतमा गर्ने भनिएपनि कोरोना संक्रमणको जोखिमका कारण स्थगित भएको थियो ।


जलुके खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको आयोजना, गँैडाकोट नगरपालिका वाड नं. १ को सहयोग र सामुदायिक रेडियो विजय एफएम १०१.६ को समन्वयमा भएको कार्यक्रमका प्रमुख अतिथि वडा अध्यक्ष हरिप्रसाद सापकोटाले वालबालिकाको क्षमता विकासका लागि जलुकेको विद्यालय स्तरमा गरिएको कार्यक्रम प्रशंसनिय रहेको बताउनुभयो ।

कार्यक्रममा संस्थाका अध्यक्ष मोतिचन्द्र चालिसेले खानेपानीले सुरक्षित खानेपानीका सन्दर्भमा विद्यार्थीमा जनचेतना फैलाउन कार्यक्रम गर्नुका साथै विद्यार्थीमा अतिरिक्त प्रतिभा आवश्यक रहेको र त्यसको आधार वाक कलामा निर्भर रहने हुनाले यस प्रकृतिको कार्यक्रमको आयोजना गरिएको बताउनुभयो । सुरक्षित खानेपानीको सचेतना, विद्यार्थीको नेतृत्व विकास र जलुकेको पहिचान विद्यार्थीमाझ पु¥याउन जलुकेले विशेष कार्यक्रम अघि बढाउने बताउनुभयो ।

कार्यक्रममा समन्वय संस्था विजय एफएम १०१.६ का सचिव गिरिराज लम्सालले सुरक्षित खानेपानीको सन्दर्भमा सचेतना फैलाउन विद्यालय क्षेत्रका भाइबहिनीहरुमा कार्यक्रम गरिएको हुँदा यसले दीर्घकालिन प्रभाव राख्ने बताउनुभयो । कार्यक्रममा मौलाकालि सामुदायिक वनका अध्यक्ष काशिनाथ कंडेलले जलुकेले सरसफाइ र भाइबाहिनीको नेतृत्व विकासका लागि यस्तो कार्यक्रम आगामी दिनमा गरिरहन सुझाब प्रकट गर्नुभयो । संस्थाका सल्लाहकार श्यामसुन्दर पराजुली, हाम्रो गैँडाकोट युवा क्लब का अध्यक्ष कमल सुवेदी लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।

कार्यक्रमको निर्णायक मण्डलमा शैक्षिक व्यक्तित्व डा. मतिप्रसाद ढकाल, मुना धनञ्जय र विश्वराज लम्साल रहनुभएको थियो । संस्थाका उपाध्यक्ष जगन्नाथ उपाध्यायले स्वागत एवं कार्यक्रम मािथ प्रकाश पार्नुभएको थियो । कार्यक्रमको सहजीकरण संस्थाका सचिव विष्णुप्रसाद पंगेनीले गर्नुभएको थियो ।

 

कार्यक्रममा समन्वय संस्था सामुदायिक रेडियो विजय एफएम १०१.६ का प्रमुख श्रीधर उपाध्यायले कार्यक्रमका लागि समन्वय गर्नुभएको थियो । कार्यक्रममा संस्थाका पदाधिकारी, सदस्य, विद्यार्थी एवं शिक्षक वर्गको उपस्थिति रहेको थियो । कार्यक्रम संस्थाका अध्यक्ष मोतिचन्द्र चालिसेको अध्यक्षतामा सम्पन्न भएको थियो ।

Share.

Leave A Reply