यमपञ्चक शुरु, काग तिहार भने भोलि

0

कार्तिक २७, चितवन । नेपालीहरुको दोस्रो ठूलो चाड यमपञ्चक सुरु भएको छ । कार्तिक कृष्ण त्रयोदशीदेखि शुरु हुने तिहार आजदेखि शुरु हुँदैछ । आज बेलुकी यमदीपदान शुरु गर्नुपर्ने छ ।

यस वर्ष यमदीपदान आजदेखि शुरु हुने भए पनि काग तिहार कात्तिक २८ गते शुक्रबार भोलि परेको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा. डा. रामचन्द्र गौतमले जानकारी दिनुभयो । तिथिको घटबढका कारण यस्तो भएको उहाँले बताउनुभयो । ‘सायंकालमा त्रयोदशी भएका दिन यमदीपदान शुरु गर्नुपर्ने र प्रातःकालमा त्रयोदशी भएका दिन कागतिहार मनाउनुपर्ने शास्त्रीय व्यवस्थाअनुसार यस्तो निर्णय गरिएको गौतमले बताउनुभयो ।

मंसिर १ गते सोमबार तिहारको मुख्य दिन भाइटीका पर्व मनाइन्छ । बिहान ११ः३७ बजे भाइटीकाको साइत उत्तम रहेको अध्यक्ष गौतमले जानकारी दिनुभयो । यता गैंडाकोटका अधिकाँश घरहरु झलर वत्तीले चम्किएका छन् ।

आजबाट झलर वत्ति राख्नेहरु वढको छन् भने उत्पादीत फूलको विक्रि पनि विभिन्न कृषकहरुले आज देखि नै बिक्रि सुरु गरेका छन् ।

Share.

Leave A Reply