विश्वरेकर्ड राख्न मौलाकालिकामा तयार भएका चित्रहरु (फोटो फिचर)

0

गैंडाकोट, कार्तिक २७ । लकडाउन र कोभिड १९ ले व्यवसाय ठप्प भएपनि चित्र मार्फत देशलाई विश्वभर चिनाउन नेपाल भरका चित्रकारहरु देश दौडाहामा छन् । कोभिड १९ र लकडाउनका कारण सुनसान देशकै प्रशिद्ध धार्मिक स्थल मौलाकालिका मन्दिरको सभाहलमा चित्रकार भिम प्रसाद शर्मा, लालकाजी लामा,प्रकाश थापा,दामोदर वराल,बरुणवावु घिमिरे,मिलन गुरुङ,शुसिल गुरुङ,दिनेश्वर महतो,योगेश खनाल र राजेश बरालले चित्र कोर्नु भएको हो । १०० घण्टासम्म निरन्तर चित्रकोरी विश्व रेकर्ड कायम राख्ने अभियानमा रहनुभएका उहाँहरुले कार्तिक २५ गते बेलुकी ६ बजेदेखि बुधवार विहान ९ बजेस्म्म चितवनका ९ र नवलपुरका १ जना चित्रकारले पानीरङबाट चित्र बनाएर सक्नुभएको छ ।

इन्टरनेशनल वाटरकलर सोसाइटीको आयोजनामा नेपाल ललितकला प्रज्ञाप्रतिष्ठानको सहयोगमा कार्तिक २३ गतेदेखि सुरु भएको कार्यक्रम कार्तिक २७ गते सकिनेछ । अहिले भारतका कलाकारहरुले ७२ घण्टासम्मको रेकर्ड राखेकोमा त्यो तोडिने भएको छ । अहिले १०० घण्टाभित्र निरन्तर चित्र कोरी विश्व रेकर्ड राख्न देशभर ७३ जना कलाकार यसैगरी लागिरहनुभएको छ ।

सबै तस्बिर ः डोलराज रानाभाट

Share.

Leave A Reply