एकसय घण्टा लगातार चित्र कोरेर विश्व रेकर्ड राख्ने, मौलाकालिका मन्दिरमा चित्र कोरिदै ।।

0


गैंडाकोट, कार्तिक २५ ।।
नेपालभरका ७३ जना चित्रकारले एकसय घण्टा लगातार चित्र कोरेर विश्व रेकर्ड राख्ने भएका छन । विश्व रेकर्ड राख्न नेपाल भरका ७३ चित्रकारले सामुहिक पानी रंगको प्रयोग गरेर २३ गतेदेखि चित्र बनाईरहेका छन ।

आज चितवन र नवलपुरका कलाकारहरुले मौलाकालिका मन्दिरमा सामुहिक चित्र कोरिरहेका छन । कलावती आर्टस काउन्सील गैंडाकोटका भिमप्रसाद शर्माका अनुसार १० जना कलाकारहरुले १५ घण्टासम्म लगातार चित्र कोर्नेछन ।

अहिलेसम्म भारतका कलाकारहरुले ७२ घण्टासम्म चित्र कोरेर विश्व रेकर्ड कायम छ । यसलाई तोडनका लागि नेपालका ७३ जना कलाकारले १ सय घण्टासम्म निरन्तर चित्र कोरेर रेकर्ड कायम राख्ने लक्ष्य राखेका छन । ईन्टरनेशनल वाटर कलर सोसाईटी आयोजक रहेको कार्यक्रमलाई नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानले सहयोग गरेको ईन्टरनेशनल वाटर कलर सोसाईटी नेपाल च्याप्टरका भाइस प्रेसिडेन्ट  लालकाजी लामाले जानकारी दिनुभयो ।

उहाले एकजना कलाकारलाई साढे एकघण्टा समय दिईएको बताउनुभयो । चितवन नवलपुरका १० जना चित्रकार रहेका छन । निरन्तर रुपमा चित्र एकसय घण्टासम्म चित्रकारले चित्र कोर्नेछन ।


कार्यक्रममा मौलाकालिका मन्दिर व्यवस्थापन समितिका अध्यक्ष शालिकराम सापकोटा , बरिष्ठ साहित्यकार कविवर गोबिन्द बिनोदी, ईन्टरनेशनल वाटर कलर सोसाईटी नेपाल च्याप्टरका भाइस प्रेसिडेन्ट लालकाजी लामा, प्रदेश ३ का प्रमुख प्रकाश थापा , सदस्य डि वराल लगायतको उपस्थिति रहेको छ ।

Share.

Leave A Reply