करेन्ट लागेर चितवनमा एक जनाको मृत्यु

0

चितवन, कार्तिक २४ । चितवनमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । आज दिउसो करिव साँढे १ बजेतिर कालिका नगरपालिका ६ खोलेसिमल स्थित पुरुषोतम कडेलको घर बनाउने क्रममा रडले बिजुलीको तार छुदा करेन्ट लागेको चितवन प्रहरीले जानकारी दिएको छ ।

मृत्यु हुनेमा सोही नगरपालिकाका वडाम्वर १ बस्ने वर्ष ४५ को सुक बहादुर पाख्रिन रहेका छन् । करैन्ट लागि घाइते भएको उनको सरकारी अस्पताल भरतपुर पठाईएकोमा बाटोमा नै मृत्यु भएको प्रहरीले जनाएको छ ।

सोही रड तान्ने क्रममा बर्ष २८ का अनिश श्रेष्ठ सामान्य घाईते भई भरतपुरमा उपचार भइरहेको चितवन प्रहरीका प्रवक्ता डिएसपी सुर्य थापाले जानकारी दिनुभयो ।

Share.

Leave A Reply