नवलपुर प्रहरीद्धारा पटका बरामद

0

गैंडाकोट, कार्तिक २४ । जिल्ला प्रहरी कार्यालय नवलपरासी (पूर्व) ले बिना बिल पटका र अबिरजन्य पदार्थ खरिद गरेको पाइएपछि बरामद गरेको छ ।

आज विहान करिव ८ बजेर १५ मिनेटका समय बिनयी त्रिबेणी गाउँपालिका वडा नं. २ दाउन्ने बजारबाट अबिरजन्य पदार्थ १६६ किलो, रकेट बम पटका २९० थान,झिरझिरे पटका २०३० थान, चङगे बम पटका ९० थान, सानो पटका ९५० थान र चक्की भुई चम्पा १९० थान बरामद गरेको जिल्ला प्रहरी कार्यालय नवलपरासी पुर्वका प्रहरी निरीक्षक विशाल तामाङले जानकारी दिनुभयो ।

दाउन्ने बाट खटीएको टोलीले सवारी चेकजाँच गर्ने क्रममा बिना बिलको उक्त सामाग्री बरामद गरिएको हो । थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Share.

Leave A Reply