सवारी दुर्घटनापछि तनहुँका एक व्यक्ति लागु औषध सहित नवलपुरमा पक्राउ

0

साँकेतिक तस्बिर

नवलपुर, कार्तिक २४ । लागु औषध सहित तनहुँका एक व्यक्ति नवलपुरमा पक्राउ परको छन् । जिल्ला प्रहरी कार्यालय नवलपरासी (पूर्व)ले दिएको जानकारी अनुसार पक्राउ पर्नेमा तनहु जिल्ला भानु नगरपालिका वडा नम्वर १ बस्ने बर्ष २२ को अर्जुन परियार रहेका छन् ।

आज विहान करिव ८ बजेको समयमा बिनयी त्रिबेणी गाउँपािलका वडानम्वर १ होङसी जाने गेट स्थित पूर्ब पश्चिम राजमार्गमा सवारी दुर्घटना परेपछिको सोधपुछमा लागु औषध फेला परेको थियो ।

पुर्ब बाट पश्चिम तर्फ जादै गरेको ना ३ ख २७०१ नम्वर को ट्रक र बिपरित दिशाबाट आउँदै गरेको ग २ च ८०२२ नम्वरको जिप एक आपसमा ठक्कर खाई दुर्घट्ना हुदा दुबै सवारी साधनमा क्षति हुनुका साथै जिपमा सवार तनहुँ ब्यास नगरपालिका वडा नम्वर ४ बस्ने बर्ष २५ को दिनेश शाही सामान्य घाइते भएका थिए ।

उनको उपचारको लागी भरतपुर स्थित नयाँ मेडिकल कलेज चितवनमा पठाएर जिप चालक परियार लाई शंका लागी सोधपुछ गर्ने क्रममा उनको साथबाट डाईजापाम २०५ एम्पुल, फेनारगन १८७ एम्पुल र नुर्फिन २०४ एम्पुल लागु औषध फेला परेको जिल्ला प्रहरी कार्यालय नवलपुरका सुचना अधिकारी विशाल तामाङले जानकारी दिनुभयो ।

अहिले जिप चालक समेत लाई नियन्त्रणमा लिई लागु औषध मुद्दामा अनुसन्धान भई रहेको उहाँको भनाई छ ।

Share.

Leave A Reply