विजय खबर पत्रिका छैँठौँ वर्षमा प्रवेश

0

गैँडाकोट, २४ कार्तिक । विजय सामुदायिक सूचना तथा सञ्चार सहकारी संस्था लिमिटेडद्धारा सञ्चालित विजय खबर पत्रिका छैँठौँ वर्षमा प्रवेश गरेको छ ।
पत्रिकाको गरिमामय छैँठौँ वर्ष प्रवेश गरेको अवसरमा अध्यक्ष भूमिराज चापागाईले सम्पूर्ण पाठक, संचालक, कर्मचारी तथा शुभचिन्तकहरुमा कृतज्ञता व्यक्त गर्दै हार्दिक मंगलमय शुभकामना व्यक्त गर्नुभएको छ । कोरोनाको महामारीमा पनि जनतालाई सूसुचित गराउन पत्रिकाले भूमिका खेलिरहेको भन्दै महामारीका समय वृहत कार्यक्रम गर्न नपाएपनि सवैमा शुभकामना सहित थप शसक्त र आवाजविहीनहरुको आवाज बन्दै अघि वढ्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ । पत्रिका स्थापना देखि यहाँसम्म आउँदा समाज रुपान्तरण, जनतालाई परेको समस्या समाधानमा सहयोग सँगै सरोकारवालाहरुको ध्यानाकर्षण गराउन मद्दत गरिरहेको बताउनुभयो ।
वि।सं। २०७२ साल कार्तिक २४ गतेबाट विजय खबर पत्रिका साप्ताहिक रुपमा प्रकाशन हुँदै आएको छ । नेपालको संविधान २०७२ जारी भई नयाँ नेपालको रुपमा प्रवेश गरेको सन्दर्भमा साथै भारतीय नाकाबन्दीले थलिएको तत्कालिन समयमा विजय खबरले विजयको सन्देश लिएर आएको थियो ।
समाजमा व्याप्त कुरिती, भ्रष्टाचार, ब्यथिति, असमानतामाथि विजय हासिल गर्न अभियानका साथ प्रकाशित विजय खबरले सुशासन र स्थानीय विकासलाई प्राथमिकता दिदै आएको अध्यक्ष भूमिराज चापागाई बताउनुभएको छ ।

विजय खबरले यहाँसम्म आइपुग्दा सकरात्मक सामाजिक परिवर्तनकालागि सहयोग पुर्याउँदै आएको विजय खबर पत्रिका सम्पादक श्रीधर उपाध्यायले बताउनुभयो ।
सम्पादक उपाध्यायका अनुसार यस खबर पत्रिकाले सामाजिक गातिविधि, विकास र सुशासन, वित्तिय साक्षरता, स्वास्थ्य र शिक्षा, वातावरण संरक्षण लगायतका विषयलाई कभरेज दिदै आएको छ ।

प्राथमिकताका साथ समाजमा परिवर्तनकालागि पुलको काम गर्दै आएको सम्पादक उपाध्यायको भनाइ रहेको छ । चितवन तथा नवलपरासी सहित गण्डकी प्रदेशका प्रमुख शहरहरुमा पत्रिका वितरण हुँदै आएको छ । यस पत्रिकाका ब्लग मार्फत अन्य स्थानका पाठकले समेत अध्ययन गर्दै आएका छन् ।
पत्रिका ६ पृष्ठको प्रकाशन हुँदै आएको छ ।

Share.

Leave A Reply