मोटरसाईकल चोरी गर्ने ७ जना चितवनमा पक्राउ

0

चितवन, कार्तिक २३ । मोटरसाइकल चोरी गर्ने गिरोह पक्राउ गर्न चितवन प्रहरी सफल भएको छ । सामान्यतय एक दुई जना पक्राउ गर्ने प्रहरीले यस पटक ७ जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।

भरतपुर महानगरपालिका स्थित भाटभटेनी सुपर स्टोर अगाडी, कटहर चोक, नहरचोक पावर हाउस चोक, बिक्रममार्ग लगायत जिल्लाका विभिन्न स्थानहरुबाट मोटरसाईकलहरू चोरी भएका घटनाहरुको अनुसन्धानको क्रममा ती व्यक्तिलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक एसपी नान्तीराज गुरुङले जानकारी दिनुभयो ।

पक्राउ पर्नेहरुमा बारा करैयामाई गाउँपालिका ५ घर भई हाल खैरहनी नगरपालिका वडा नम्वर ९ बस्ने वर्ष २८ का बिजय चौधरी, सोही ठाउँ घर भई हाल भरतपुर महानगरपालिका ३ बस्ने वर्ष १९ का राकेश चौधरी, बारा जिल्ला कोल्हवी नगरपालिका वडा नं.७ बस्ने वर्ष २४ का महेश चौधरी, चितवन जिल्ला भरतपुर महानगरपालिका ११ बस्ने वर्ष २६ का दिनेश गुरूङ, वर्ष २५ को मनोज दराई रहेका छन् ।
साथै चोरीका मोटरसाईकल किन्ने व्यक्तिहरूलाई पनि प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा जिल्लाको खैरहनी नगरपालिका वडा नं.१२ बस्ने वर्ष २४ का समिर चौधरी र वर्ष २८ का अमृत चौधरी रहेका छन् ।

उनीहरुको साथबाट वास्तविक नम्बर ना ५३ प ९७६४ चोरी भएको मोटरसाइकल ग १० प ९६०७ नम्वरको बजाज पल्सर २०० एनएस मोटरसाईकल,प्रदेश ०३–०२–००९ प ६८२९ नम्वरको सेतो केटिएम डुके २०० सि.सि.मोटरसाईकल, पार्टपुर्जा खोलेको अवस्थामा प्रदेश ०३–०३–००१ प ५२२६ नम्वरको २२० सि.सि. को मोटरसाईकल र चोरीमा प्रयोग हुने मोटरसाईकलको लक तोड्ने साँचो, साँचो बनाउने मेसिन आदी बरामद गरिएको प्रवक्ता प्रहरी नायव उपरीक्षक सुर्य थापाले बताउनुभयो । ।


साथै वेवारिसे अवस्थामा बा.५६ प. ५९९५ नम्वरको २०० सि.सि. को केटिएम डुके मोटरसाईकल, ना १८ प ६३२ नम्वरको १५० सि.सि. को पल्सर मोटरसाइकल, प्रदेश ३–०३ –००१प ३४९६ नम्वरको १५० सि.सि. मोटरसाइकल र बा ८१ प ५११४ नम्वरको २२० सि.सि. को पल्सर मोटरसाइकल बरामद भएको र यसको थप अनुसन्धान जारी रहेको प्रवक्ता प्रहरी नायव उपरीक्षक सुर्य थापाले बताउनुभयो ।

बेवारिसे मोटरसाइकल बरामद भएकोले कोही कसैको मोटरसाईकल हराएको वा चोरि भएको भए ब्लुबुक तथा अन्य सम्वन्धित कागजात सहित जिल्ला प्रहरी कार्यालयमा सम्पर्क राख्न समेत अनुरोध गरिएको छ ।

Share.

Leave A Reply