नम्बर प्लेट नबुझिने सवारीको चेकजाँच गैंडाकोटमा प्रभावकारी, १३७ सवारीको नम्वर प्लेट पुनलेखन

0

डोलराज रानाभाट, गैंडाकोट, कार्तिक २३ । असोज महिनादेखि इलाका प्रहरी कार्यालय गैंडाकोट र ट्राफिक प्रहरीले संयुक्त रुपमा सुरु गरेको नम्वर प्लेट चेकजाँच कार्य प्रभावकारी बनेको छ ।

नम्वर प्लेट पुरानो भएर पुरै नम्वर मेटिदा सम्म पनि सवारी साधन संचालन गरिरहने व्यक्तिहरु बढेपछि चेकजाँच बढाइएको थियो । सामान्यतय प्रहरीले गर्ने चेकजाँचमा चालकले गल्ती गरे चिट थमाई राजश्व संकलन गर्ने गरिएपनि यस पटक भने फरक तरिकाले चेकजाँच गर्दा यसको प्रभावकारीता बढेको हो ।
जरिवाना रकमले प्रहरीले जाहाँ चेकजाँचगरेको छ त्यही नै नम्वर प्लेट लेख्न लगाएर सवारी सधानका चालकलाई नम्वर प्लेट बुझिनेगरी राख्दा हुने फाइदा वारे वुझाउदै छाडिने गरिएको इलाका प्रहरी कार्यालय गैंडाकोटका प्रमुख प्रहरी निरीक्षक चन्द्रबहादुर थापाले जानकारी दिनुभयो ।

आज सम्म ५ वटा ट्रक, १९ वटा जीप र कार, ९४ वटा मोटरसाइकल, १९ वटा ट्याक्टर गरी १३७ वटा सवारी साधनको नम्वर लेखाइएको थापाले बताउनुभयो ।

नम्वर प्लेट अष्पष्ट हुँदा दुर्घटना गरी भाग्ने र सवारी पत्ता लगाउन कठिन हुने जस्ता समस्यालाई ध्यान दिएर यो अभियान सुरु गरेको बताउनुभयो । अभियान निरन्रत जारी रहने भन्दै उहाँले आफ्नो नम्वर प्लेट नवुझिने भएमा पुन लेख्न र नम्वर स्पष्ट देखिने गरी संचालन गर्न आग्रह गर्नुभयो ।

साथै तिहारलाइ लक्षित गरेर सवारी साधन चेकजाँच वढाइएको छ । विहानको समयमा ट्राफिक प्रहरीले पुल्चोकमा निरन्तर चेकजाँच गरिरहनुभएको उहाँले बताउनुभयो ।

Share.

Leave A Reply