चितवनमा आज ३ जना कोरोना संक्रमितको मृत्यु

0

चितवन, कार्तिक २३ । चितवनका आज एकै दिन ३ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

चितवन मेडिकल कलेजमा उपचाररत लमजुङस्थित मध्यनेपाल नगरपालिका–२ का ४७ वर्षीय पुरुषको आज विहान ४ः०७ बजेको समयमा मृत्यु भएको अस्पतालका निर्देशक डा.दयाराम लम्सालले जानकारी दिनुभयो ।

ज्वरो र खोकीको समस्या भइ कार्तिक २० गते ती पुरुषलाई अस्पतालमा भर्ना गरिएको उहाँले बताउनुभयो । कार्तिक २० गते नै श्वास संकलन गरी कोरोना परीक्षण गर्दा कार्तिक २१ उहाँमा कोरोना रिपोर्ट पोजिटिभ आएको हो । कोभिड आइसीयूमा उपचारको क्रममा उहाँको निधन भएको अस्पतालले जनाएको छ ।

यसैविच तनहुँ दमौलीका एक वृद्ध पुरुषको चितवन मेडिकल कलेजमै कोरोना संक्रमणको कारणले आज निधन भएको छ ।

चितवन मेडिकल कलेजका अनुसार तनहुँ व्यास नगरपालिका वडा नम्बर १४ का ९६ वर्षीय ती पुरुष खोकी तथा ज्वरोको समस्या भई कात्तिक १२ गते अस्पतालमा भर्ना भएका थिए । उनको आइतबार दिउँसो कोभिड आईसीयूमा उपचार हुँदाहुँदै निधन भएको अस्पतालले जनाएको छ ।

उता भरतपुर अस्पतालमा उपचाररत भरतपुर महानगरपालिका वडा नं. ११ का ४९ वर्षीय कोरोना संक्रमित पुरुषको आईतबार अपरान्ह मृत्यु भएको छ ।

भरतपुर महानगरपालिका वडा नं. ११ का ४९ वर्षीय पुरुषको आईतवार अपरान्ह साढे ४ वजे मृत्यु भएको अस्पतालले जनाएको छ । गत कार्तिक २० गते अस्पताल भर्ना भएका उनमा सोही दिन कोरोना पुष्टि भएको थियो । कोभिड आइसियुमा उपचारको क्रममा मृत्यु भएको हो ।

Share.

Leave A Reply