गैँडाकोटमा स्थानीय सहित १८ जनामा कोरोना, बाँकी कर्मचारीबाट नियमित सेवा दिइने

0

गैंडाकोट, कार्तिक २३ । गैँडाकोट नगरपालिकाका स्थानीय र कर्मचारी सहित १८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।    कार्तिक  २१ गते संकलन गरिएको १२४ स्वाव मध्ये १९ जनामा कोभिड १९ संक्रमण पुष्टि भएको स्वास्थ्य शाखा प्रमुख झलकराज पौडेलले जानकारी दिनुभयो । त्यसमा एक जना जिल्ला प्रशासन कार्यालय नवलपुरका कर्मचारी हुनुहुन्छ । उहाँका अनुसार बाँकीमध्ये गैंडाकोट १ बस्ने नगरपालिकाका कर्मचारी र स्थानीय सहित २ पुरुष र ३ महिलामा संक्रमण देखिएको छ ।

त्यस्तै नगरपालिकाकै कर्मचारी गैंडाकोट २ बस्ने १ पुरुष र कर्मचारी स्थानीय सहित २ महिला, गैंडाकोट ५ का ३ पुरुष र १ महिला कर्मचारी, गैंडाकोट ८ का १ महिला, गैंडाकोट १० का १ महिला, गैंडाकोट ११ का १ महिला रहेका छन् ।
त्यस्तै नगरपालिकाकै कर्मचारी भरतपुर ६ बस्ने १ पुरुष, भरतपुर १८ का १ पुरुष र भरतपुर २५ बस्ने १ महिला कर्मचारीमा कोरोना पुष्टि भएको हो । भरतपुर १२ बस्ने १ पुरुष जिल्ला प्रशासन कार्यालय नवलपुरका कर्मचारी रहेका छन् । २ जना कर्मचारी रहजर पठाइएको छ भने बाँकी स्थानीय र कर्मचारी सवैजना होम आइसोलेसनमा रहेको पौडेलले बताउनुभयो । कार्तिक २० मा पनि ९ जना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि सवै कर्मचारीको स्वाव लिइएको थियो ।

संक्रमण पुष्टि भएका मध्य ६ जना स्वाथ्यकर्मी छन् । पितौजीका २ गैडाकोट तर्फका ४ जनामा संक्रमण देखिएको र अन्य कर्मचारी अधिकाँश कार्यालय सहयोगीमा संक्रमण पुष्टि भएको छ । यता नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णु प्रसाद भुषालले बाँकी रहेका कर्मचारीबाट सेवा प्रवाह नरोकिने बताउनु भएको छ ।

विजय एफएमसँग कुराकानी गर्दै उहाँले तालिका मिलाएर जनतालाई दिने सेवा नरोकिने र संक्रमित कर्मचारीहरुको शीघ्र स्वास्थ्य लाभको कामना समेत गर्नुभएको छ ।

Share.

Leave A Reply