विकूको एम्बुलेन्स विनयी त्रिवेणी गाउँपालिकालाई हस्तान्तरण

0

गैंडाकोट, कार्तिक २३ । विकू बचत तथा ऋण सहकारी संस्था लिमिटेडले विनयी त्रिवेणी गाउँपालिकालाई एम्बुलेन्स सहयोग गरेको छ । सहकारीले सञ्चालन गर्दै आएको लु १ च ४९२९ नम्बरको एम्बुलेन्स गाउँपालिकालाई हस्तान्तरण गरेको हो ।

जिल्लाको पश्चिमी क्षेत्रमा रहेको गाउँपालिका स्वास्थ्य सेवाको सहज पहुँचमा नरहेको अवस्थामा बीरामीलाई अस्पताल पु¥याउन सहज होस् भन्ने हेतुले एम्बुलेन्स हस्तान्तरण गरिएको विकूका अध्यक्ष ओमप्रसाद सापकोटाले जानकारी दिनुभयो ।

एम्बुलेन्स ग्रहण गर्दै विनयी त्रिवेणी गाउँपालिकाका अध्यक्ष डम्बरबहादुर जिसीले पालिकाका गम्भिर बीरामीलाई समयमा नै अस्पताल पु¥याउन सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । विकूको यस कार्यलाई पालिकाबासीले कहिल्यै नभुल्ने बताउँदै विकूको सफलताको कामना व्यक्त गर्नुभयो ।

साथै पालिकाको तर्फबाट गर्न सकिने आवश्यक सहयोग प्रदान गरिने बताउनुभयो ।
कार्यक्रममा स्वागत मन्तव्य व्यक्त गर्दै विकूका उपाध्यक्ष यमुनाथ आचार्यले विकूले सदस्यको चाहना अनुरुपमा कार्यक्रम सञ्चालन गर्दै आएको बताउँदै सेवामा बेस्ट र क्षेत्रमा विगेष्ट बन्ने अवधारणाका साथ अघि वढिरहेको बताउनुभयो ।

दुम्कीबासमा रहेको जनकल्याण बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडसँग एकिकरण पश्चात सहकारीले सञ्चालन गर्दै आएको एम्बुलेन्स विनयी त्रिवेणी गाउँपालिकाका ग्रामीण क्षेत्रका सदस्य एवं गैर सदस्यलाई समेत सेवा प्रदान गर्ने हेतुले एम्बुलेन्स हस्तान्तरण गरिएको विकूका सचिव प्रेमप्रसाद सापकोटा राजुले जानकारी दिनुभयो ।

 

आफ्ना सदस्यलाई खुसी एवं स्वस्थ बनाउने अभिप्रायका साथ विकूले सोही अनुरुपका सेवा समेत सञ्चालन गर्दै आएको उहाँको भनाई छ । गैंडाकोटमा केन्द्रीय कार्यालय रहेको विकूले तीन प्रदेशका तीन जिल्लामा १९ वटा सेवा केन्द्रमार्फत ८० हजार बढि सदस्यलाई वित्तीय तथा गैर वित्तीय सेवा प्रदान गर्दै आईरहेको छ ।

एम्बुलेन्स हस्तान्तरण कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष मिनाकुमारी राना मगर, वडा अध्यक्षहरु, गाउँकार्यपालिका सदस्यहरु, प्रमुख प्रशासकीय अधिकृत लगायतको उपस्थिती रहेको थियो ।

Share.

Leave A Reply