अमरापुरी खानेपानी संस्थाको ओभरहेड ट्यांकी बन्ने, आज शिलान्यास

0

पवित्रा पराजुली, गैंडाकोट,कार्तिक २३ । अमरापुरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाले खानेपानीको ओभरहेड ट्यांकीको शिलान्यास गरेको छ । गण्डकी प्रदेश भौतिक पूर्वाधार विकास मन्त्री रामशरण वस्नेतले मन्त्रालयको सहयोगमा निर्माण गर्नेगरि ट्यांकीको शिलन्यास गर्नुभएको हो ।

४ लाख ५० हजार लिटरको क्षमता रहने ट्यांकीको शिलान्यास गर्दै मन्त्री बस्नेतले प्रदेश भित्रका हरेक घरमा पानी पु¥याउने बताउनुभयो । एक घर एक धाराको अभियान जारी रहेको र त्यसै अनुरुप काम भइरहेको बताउनुभयो । साथै उहाँले नवलपुरको हरेक किसानको खेतमा सिंचाई पु¥याउने गरि काम भइरहेको पनि जानकारी दिनुभयो ।

४ करोड ८१ लाखको लागतमा टंकी बनेसँगै बिहान बेलुका गरि ६ घण्टामात्र पानी बितरण गदैँ आएको अमरापुरी खानेपानीले २४ सै घण्टा पानी बितरण गर्न सक्ने अमरापुरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाका अध्यक्ष गोपी कंडेलले बताउनुभयो । साथै थप ४ सय धारा जडान गर्ने जानकारी दिनुभयो ।

त्यस्तै कार्यक्रममा गण्डकी प्रदेश सभा सदस्य कृष्णचन्द्र नेपाली, रोशन गाहा, बिष्णु लामिछाने, गण्डकी प्रदेश भौतीक पूर्वाधार विकास मन्त्रालयका सचिव रामचन्द्र श्रेष्ठ लगाएतले मन्तव्य राख्नुभएको थियो । बर्खाको समयमा अवरुद्ध हुँदै आएको पानी वितरण कार्य ट्यांकी निर्माण कार्य सम्पन्न भएसँगै नियमित पानी उपभोग गर्न पाउने छन् । ट्यांकी निर्माण हुनेभएपछि उपभोक्ता पनि खुशी भएका छन् ।

Share.

Leave A Reply