गैंडाकोटमा आज बिद्युत सेवा अबरुद्द हुने

0

गैंडाकोट, कार्तिक २२ ।
गैंडाकोट नगरपालिकामा आज शनिबार बिद्युत सेवा अवरुद्ध हुने भएको छ ।

नेपाल विद्युत प्राधिकरण गैंडाकोट प्रशाखा प्रमुख सुजन रिजालका अनुसार नारायणगढ (बुटवल सडक बिस्तार अन्तरगत गैंडाकोट क्षेत्रको मुख्य सडकको दायां बायाँमा बांकी रहेका रुखहरु कटान गर्ने कार्य रहेकोले मुकुन्दपुर प्रशारण लाइनबाट वितरित सबै बिद्युत सेवा अवरुद्ध रहने भएको छ ।

गैंडाकोट वडा नम्बर १० सम्मका १,२ र १० वडाका केहि स्थानबाहेक स्थानमा विद्युत अवरुद्ध हुने भएको हो । सो क्षेत्रमा बिहान ९ः०० बजेदेखि दिउसो ४ः०० बजेसम्म बिद्युत सेवा अबरुद्द हुने भएको नेपाल विद्युत प्राधिकरण गैंडाकोट प्रशाखा प्रमुख सुजन रिजालले जानकारी दिनुभएको छ ।

कार्य सम्पन्न भएमा तोकिएको समय भन्दा अगावै लाईन सुचारु हुने सक्न पनि जनाईएको छ ।

Share.

Leave A Reply