नदिले बगाउदा चितवनमा १ जनाको मृत्यु १ बेपत्ता

0

चितवन, कार्तिक २१ । राप्ती नदीले बगाउँदा चितवनमा १ जनाको मृत्यु भएको छ भने १ जना वेपत्ता भएका छन् ।

आज दिउसो १२ बजेको समय दाउरा खोज्न गएका भरतपुर महानगरपालिका वडानम्वर २४ वस्ने वर्ष ५५ की मन कुमारी तामाङ र सोही ठाउँकी वर्ष ४५ की श्रीमाया घलान लाई नदिले बगाएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायव उपरीक्षक सुर्यबहादुर थापाले जानकारी दिनुभयो ।

उनीहरु भरतपुर २३ स्थित सामुदायिक बनको दोभानमा दाउरा खोज्न जाने क्रममा राप्ती नदिले बगाई बेपत्ता भएका थिए । वेपत्ता भएको खवर पाउनासाथ घटनास्थल गएको इलाका प्रहरी कार्यालय भण्डारा र दिब्यनगरबाट प्रहरी टोलिले करिव १ बजे घटनास्थल देखी १ किलोमिटर तल वर्ष ४५ की श्रीमाया घलान को मृत शव फेला पारेको थियो भने मनकुमारी तामाङको प्रहरी, स्थानिय र आफन्तले खोजीरहेका छन् ।

Share.

Leave A Reply