यो व्यवस्था मै प्रश्न उठिसक्यो, अव नयाँ विकल्प नसोचे खतरा वढ्दै ः सीपी गजुरेल (कुराकानी सहित)

0

गैंडाकोट, कार्तिक २१ । देशभक्त जनगणतान्त्रिक मोर्चा नेपालका अध्यक्ष सीपी गजुरेलले अहिलेको व्यवस्थामै प्रश्न उठेको भन्दै नेकपाको विवाद मिलाउन राष्ट्रपति सक्रिय हुनु दुखद भएको बताउनुभयो ।

कुनै एक पार्टीमा रहेकै कारण राष्ट्रपतिमा निर्वाचित भएपनि उक्त पद सम्हालेपछि यसरी पार्टी विवादमा सक्रिय हुनु संविधानकै मर्म विपरीत भएको बताउनुभयो ।

संविधानको मर्म र भावना विपरीत हुने गतिविधिले अहिलेको व्यवस्थामै प्रश्न उठेको उहाँको भनाई छ । जनगणतान्त्रिक ले अहिलेको सरकार र व्यवस्था फेल खाएको भन्दै सवै पार्टी एक जुट भएर फेरि गम्भीर छलफल सहित देशको हितमा सोच्ने समय आएको गजुरलले बताउनुभयो ।

नेकपाभित्रको विवाद सत्ता र आर्थिक लाभका कारण भएको भन्दै सिद्धान्तले एकता नभएपछि समस्या हुनु स्वभाविक भएको बताउनुभयो ।

दुई पार्टी मिलेर भ्रष्टचार सहितको आर्थिक लाभ लिन पाइरहेका कारण पनि तत्काल पार्टी नफुट्ने उहाँको तर्क थियो । गजुरलले भन्नुभयो,“फुट्नका लागि सिद्धान्त हुनुपर्यो । वैचारिक वहस हुनुपर्यो । तर यहाँ त सत्ता र पदका लागि झगडा भइरहेको छ । त्यसैले यो फुट्दैन । भागवण्डा मिल्छ अनि चल्छ, चलिरहन्छ ।”
सुन्नुहोस् कुराकानी

https://www.facebook.com/vijayafm/videos/360372495267913

Share.

Leave A Reply