दस लाख घूससहित हेटौंडा–भरतपुर–बर्दघाट आयोजना प्रमुख इन्जिनियर जैसवाल पक्राउ

0

गैंडाकोट,कार्तिक २१ । घुस रकम सहित हेटौंडा–भरतपुर–बर्दघाट आयोजना प्रमुख इन्जिनियर इश्वरी जैसवाल हिजो पक्राउ परेका छन् ।

ठेकेदार पक्षसँग घूसबापतको रकम लिँदै गरेको अवस्थामा अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौंडाको टोलीले रंगे हात पक्राउ गरेको हो ।

जैसवालले आयोजनाको काम गरेबापत ठेकेदार कम्पनीले सम्पूर्ण कागजात पूरा गरेर भुक्तानीका लागि प्रक्रिया अगाडि बढाएको भएपनि आफूलाई दस लाख रुपैयाँ चाहिने माग राखेका थिए ।

उक्त सूचना पाएपछि निगरानी राखेको अख्तियारले हेटौंडा–१० स्थित मेगा होटलबाट पक्राउ गरिएको हो ।

Share.

Leave A Reply