पत्रकार र संचार माध्यमका लागि विशेष सहयोग हुने कार्यक्रम ल्याउन चितवनका पत्रकारहरुको माग

0

चितवन, कार्तिक २० । पत्रकार र संचार माध्यमका लागि विशेष सहयोग हुने कार्यक्रम ल्याउन चितवनका पत्रकार र मिडिया संचालकहरुले सरकारसँग माग गरेका छन् ।
लकडाउन र कोभिड १९ ले कठिन अवस्था पार गरिरहेको भन्दै संकटमा सरकार अभिभावक भएर सहयोग गर्नुपर्ने बताका हुन् । नेपाल पत्रकार महासंघ चितवनको आयोजनामा कोरोनाले चितवनको मिडिया क्षेत्रमा परेको असर विषयक अन्तरक्रियामा बोल्दै अध्यक्ष राधेश्याम खतीवडाले जिल्लामा १० जना पत्रकार कोभिड १९ बाट संक्रमित भइसकेको र केही निको केही आइसोलेसनमा रहेको बताउँदै संकटको समय सरकार अभिभावक वन्न आग्रह गर्नुभयो ।
यो समय स्थानीय सरकारले विशेष सहयोग गर्नुपर्ने र अन्यथा मिडिया हाउस वन्द हुने र पत्रकार विस्थापित हुने अवस्था आउने बताउनुभयो ।
कार्यक्रममा बोल्ने मिडिया संचालक तथा पत्रकारहरुले केन्द्र सरकारले जस्तै स्थानीय सरकारले पनि लोककल्याणकारी विज्ञापनको अवधारणा ल्याउनुपर्ने बताएका थिए । साथै लेखनवृत्ति विकासको माध्यमबाट पत्रकारको दैनिकी चल्ने बातावरण बनाउन उनीहरुको माग थियो ।
नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष गोविन्द आचार्यले सात वटै प्रदेशका विभिन्न जिल्लामा प्रतिनिधिमुलक छलफल सकिएपश्चात सरकारलाई प्रतिवेदन वुझाउने र नीतिगत निर्णय गरी पत्रकार र मिडिया बचाउन लागि पर्ने बताउनुभयो ।

Share.

Leave A Reply