कावासोतीबाट ७ जना जुवाडे पक्राउ

0

गैंडाकोट, कार्तिक २० । जिल्ला प्रहरी कार्यालय नवलपुरले कावासोती न.पा. वडा नं. ३ मानेचोक स्थित लाल बहादुर पुनको घरमा जुवा तास खेली रहेको अवस्थामा ७ जना जुवाडे पक्राउ परेका छन् ।

अड्तीस हजार एक सय पैतालिस रुपैया र ३ बुक तास सहित ७ जना जुवाडेलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय नवलपरासी (पूर्व) का सूचना अधिकारी प्रहरी निरीक्षक बिशाल तामाङले जानकारी दिनुभयो ।

पक्राउ पर्नेहरुमा कावासोती ३ बस्ने वर्ष ४६ को लाल ब. पुन, वर्ष ३३ को थर्क बहादुर सारु मगर वर्ष ३५ को लाल बहादुर बि.क. वर्ष ४५ को हेमराज गुरुङ ,वर्ष ४२ को दिपक तामाङ, वर्ष ६२ की ईन्द्र कुमारी तामाङ र वर्ष ३३ को आश बहादुर गुरुङ रहेका छन् ।

उनीविरुद्ध मुलुकी अपराध संहिता २०७४ को परिच्छेद ५ को दफा १२५ बमोजिम कसुर अन्तर्गत अनुसन्धान कार्य अघि बढाईएको छ।

Share.

Leave A Reply