गैँडाकोटमा थप ४२ जनामा कोरोना संक्रमण पुष्टि

0

गैंडाकोट, कार्तिक २० । गैंडाकोटमा आज थप ४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कार्तिक १७ गते संकलित २२ र १८ गते संकलित ६६ गरी ८८ जनाको स्वाव संकलन गरि परीक्षणको लागि पोखरा पठाइएको मध्ये ४२ जनाको रिपोर्ट पोजेटिभ आएको स्वास्थ्य शाखा प्रमुख झलकराज पौडेलले जानकारी दिनुभयो ।

अन्य स्वावको रिपोर्ट आउन वाँकी रहेको उहाँको भनाई छ । संक्रमण पुष्टि हुनेहरुमा ३ जना स्वास्थ्य कर्मी समेत रहेका छन् । उनीहरु स्वास्थ्यका वडानम्वर १० का २ जना महिला र वडानम्वर ६ बस्ने १ महिला स्वास्थ्यकर्मी छन् ।

उहाँहरु सहित गैंडाकोट १ मा ४ जना पुरुष, गैंडाकोट २ का २ पुरुष, गैंडाकोट ४ का २ पुरुष, गैंडाकोट ५ का ८ पुरुष २ महिला, गैंडाकोट ६ का १ पुरुष ३ महिला, गैंडाकोट ८ का ३ पुरुष २ महिला, गैंडाकोट ९ का १ पुरुष, गैंडाकोट १० का २ पुरुष २ महिला, गैंडाकोट ११ का २ महिला, गैंडाकोट १२ का १ पुरुष २ महिला र गैंडाकोट १३ का ३ पुरुष रहेका छन् ।

एक जना भरतपुर महानगरपालिका १० की महिला रहेकी छिन् । संक्रमित हुनेहरुमा गैंडाकोट नगरापलिकाका कर्मचारीहरु प्नि रहेका छन् । स्वाव संकलन गर्ने समय कर्मचारी भनी लेखाउन अनुरोध गरेपनि नलेख्दा अहिले पहिचानमा समस्या भएको स्वास्थ्य शाखाले जनाएको छ ।

संक्रमित सवैलाई सुरक्षित होम आइसोलेसनमा रहन अनुरोध गरिएको पौडेलले बताउनुभयो । यस पटक कर्मचारी, गरिव, असहाय, ज्यष्ठ नागरिक, लक्षण देखिएका लाई प्राथमिकतामा राखेर यो पटक स्वाव सकलन गरिएको पौडेलले बताउनुभयो । यो सहित नगरपालिकामा संक्रमितको कुल संख्या ५४४ पुगेको छ । हालसम्म ३६२ जना निको भइसकेका छन् भने ९ जना संक्रमितको मृत्यु भएको छ ।

Share.

Leave A Reply