दोस्रो तहका नेताहरुबाट पनि सही गलत छुट्याउन सकेनौँ ः नेकपा नेता गजुरेल

0

चितवन, कार्तिक २० । नेकपाका स्थायी कमिटी सदस्य हरिबोल गजुरेलले नेतृत्व विधि, नीति, कार्यशैली र आचरणबाट वाहिरीदा समस्या उत्पन्न भएको बताउनुभयो ।

विजय एफएमको कार्यक्रम आजको सवालमा कुराकानी गर्दै उहाँले दुई पार्टी एक हुँदा विश्वको पनि ध्यान तान्न सफल नेतृत्वले पछिल्लो समय जनतालाई दिइरहेको सेवाबाट सन्तुष्ट हुन सक्ने अवस्था नरहेको बताउनुभयो ।

जनताको अपेक्षा र चाहाना धेरै भएपनि कम्युनिष्ट पार्टीले गर्नुपर्ने वास्तविक कार्य हुन नसकेको बताउँदै जनतामा निराशा पैदा भएको बताउनुभयो । स्थायी सरकार हुनु सुखद पक्ष भएपनि नेतृत्व गुट उपगुट र भागवण्डामा खेल्दा पार्टी र देशको समस्या वढ्दै गएको बताउनुभयो ।

नेतृत्व तह गलत बाटोमा गएपनि सही मार्गमा ल्याउने जिम्मा दोस्रो तहका नेताहरुको भएपनि सही लाई सही र गलतलाई गलत भन्न नसक्नेहरुका कारण पार्टी थप समस्यामा पुगेको बताउनुभयो ।

दोष दुवै जना अध्यक्षको रहेको भन्दै उहाँले पार्टी र नेतृत्व विधि, पद्दती र सिद्धान्तमा संचालन नहुँदा सम्म यही र यस्तै समस्या रहिरहने बताउनुभयो ।

सुन्नुहोस् कुराकानी

https://www.facebook.com/vijayafm/videos/2725889557649981

Share.

Leave A Reply