अपटेडःआफैले भरिरहेको ग्याभिन जाली सहित पहिरोले पुर्दा कालिगण्डकी करिडोरका ५ मजदुरको मृत्यु, २ घाइते (नाम सहित)

0

बुलिङ्टार, कार्तिक १९ । आफैले भरिरहेको ग्याभिन जाली सहित आएको पहिरोले पुरिदा कालिगण्डकी करिडोर बुलिङ्टारमा कार्यरत ५ जना मजदुरको आज घटनास्थलमै मृत्यु भएको छ । घटनामा २ जना घाइते भएका छन् ।

सवै मजदुरहरु बुलिङ्टार गाउँपालिका वडानम्वर ४ का रहेको वडाअध्यक्ष चेत बहादुर गोदामीले विजय एफएमलाई जानकारी दिनुभयो ।

वडाअध्यक्ष गोदामीका अनुसार मृत्यु हुनेहरुमा सोही वडा बस्ने २० वर्षका गोपाल गरङ्जा, चेत बहादुर अस्लामी, तारा बहादुर लुङ्गेली, २८ वर्षीय तुलबहादुर गुरुङ र ४२ वर्षीय सुन बहादुर पुलामी रहेका छन् ।

घाइते हुनेहरुमा बर्ष २१ का कृष्ण सिंह लुङ्गेली र बर्ष १९ को केवल सिंह लुङ्गेली को भरतपुर अस्पतालमा उपचारका लागि पठाइएको हाम्रा बुलिङ्टार संवाददाता मनप्रसाद भाटले जानकारी दिनुभयो ।

Share.

Leave A Reply