अपटेडः जयश्री खोलामा भेटिएको शव गैंडाकोट २ का दाजुभाईको

0

डोलराज रानाभाट,गैंडाकोट, कार्तिक १९ । गैंडाकोट ३ जयश्री खोलाको रहमा आज  भेटिएको २ वटा शव यस अघि गैंडाकोट २ बाट हराएको भनिएका दाजुभाई रहेको इलाका प्रहरी कार्यालय गैंडाकोटले जानकारी दिएको छ । शवको मृतकको आफन्तले पहिचान गर्नुभएको प्रहरी निरीक्षक चन्द्रबहादुर थापाले विजय एफएमलाई जानकारी दिनुभयो ।
गैँडाकोट नगरपालिका वडा नं. २ एसपीएम टोलका वर्ष २६ का विजयबाबु पौडेल र वर्ष २१ का संगम पौडेल सोमबार विहानदेखि परिवारको सम्पर्क बाहिर रहेका थिए । विहान घरमा परिवारसँगै खाना खाएर करिव साढे १० वजे घरबाट निस्केका उनिहरु सम्पर्कमा नआएपछि परिवारले खोजी गरिदिन आग्रह गरेका थिए । तर उनीहरुको आज शव फेला परेको हो ।

पानी ल्याउन जयश्री खोलामा वाँधीएको बाँधबाट वनेको रह को किनारमा एउटा र पानीमा डुवेको अवस्थामा अर्को युवाको शव फेला परेको इलाका प्रहरी कार्यालय गैंडाकोटका प्रमुख  थापाले जानकारी दिनुभयो ।

जंगलमा घाँस दाउरा गर्न आउनेले वडाअध्यक्ष शिवकान्त तिवारीलाई खवर गरेपछि उहाँले गैंडाकोट प्रहरीलाई खवर गर्नुभएको थियो । शव घटनास्थलमै रहेको छ । कपडा र चप्पल खोलेर पाखामा राखेको पौडी खेलेका थिए ।

अहिले घटनास्थल सुरक्षित राखिने र वाँकी प्रकृया भोलि विहान गरिने प्रहरी निरीक्षक चन्द्रबहादुर थापाले बताउनुभयो ।

Share.

Leave A Reply