जयश्री खोलामा २ शव फेला, शव पहिचानको तयारी

0

सांकेतिक तस्बिर

गैंडाकोट, कार्तिक १९ । गैंडाकोट ३ जयश्री खोलाको रहमा २ वटा शव फेला परेको छ । पानी ल्याउन जयश्री खोलामा वाँधीएको बाँधबाट वनेको रह को किनारमा एउटा र पानीमा डुवेको अवस्थामा अर्को युवाको शव रहेको इलाका प्रहरी कार्यालय गैंडाकोटका प्रमुख चन्द्र वहादुर थापाले जानकारी दिनुभाये ।

जंगलमा घाँस दाउरा गर्न आउनेले वडाअध्यक्ष शिवकान्त तिवारीलाई खवर गरेपछि उहाँले गैंडाकोट प्रहरीलाई खवर गर्नुभएको थियो । अहिले वडाअध्यक्ष प्रहरी घटनास्थलमा रहेका छन् । शव पहिचानका लागि काम भइरहेको छ ।

शव घटनास्थलमै रहेको छ । कपडा र चप्पल खोलेर पाखामा राखेको र पौडी खेल्न प्रयोग गरिने कपडामा उनीहरु रहेको वडाअध्यक्ष तिवारीले बताउनुभयो । अहिले यस अघि गैंडाकोट २ बाट हराएका भनिएका दाजुभाईको आफन्तलाई घटनास्थल बोलाइएको छ ।

त्यसपछि मात्रै थप विवरण आउने प्रहरी निरीक्षक थापाले जानकारी दिनुभयो । उनीहरुको उमेर अन्दाजी २५/२६ वर्ष भन्दा तल रहेको छ ।

Share.

Leave A Reply