कावासोती ३ मा जुवा खेलिरहेको अवस्थामा प्रहरीद्वारा ९ जना पक्राउ, ९२ हजार ७ सय ३५ रुपैया बरामद

0


कार्तिक १९, नवलपुर

कावासोती ३ मा जुवा खेलिरहेको अवस्थामा प्रहरीले ९ जनालाई पक्राउ गरेको छ । जुवाको खालबाट ९२ हजार ७ सय ३५ रुपैया सहित उनिहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पूर्वी नवलपरासीले जनाएको छ ।

पक्राउ पर्ने सबै कावासोती ३ का रहेका छन ।

कावासोती ३ का ४० बर्षीय हिमाल भुजेल, ३२ बर्षीय दिपक शर्मा, ३५ बर्षीय लालबहादुर तामाङ , ३८ बर्षीय तुल बिर पुन ४३ बर्षीय थामबहादुर गुरुङ, ६४ बर्षीय फुलमाया भनिने पेमा तामाङ, ३२ बर्षीय मिन बहादुर पुन, ३९ बर्षीय मन लामा रहेको प्रहरीले जनाएको छ।

उनिहरुलाई पक्राउ गरि जुवा मुद्धामा अनुसन्धान भईरहेको प्रहरी कार्यालयले जानकारी दिएको छ ।

Share.

Leave A Reply