चितवनका थप एक कोरोना संक्रमितको मृत्यु

0

चितवन, कार्तिक १९ । चितवनका एक कोरोना संक्रमित महिलाको आज मृत्यु भएको छ । जिल्लाको राप्ती नगरपालिका–१० बस्ने ३९ वर्षीय महिलाको मृत्यु भएको भरतपुर अस्पतालले जनाएको छ । कार्तिक १५ गते श्वासप्रश्वाशमा समस्या भई अस्पतालमा भर्ना हुनुभएको थियो। कार्तिक १७ गते कोभिड १९ संक्रमण पुष्टि भएको उहाँको स्वास्थ्य अवस्था थप जटिल हुदैं गएपछि हिजो नै कोभिड आइसीयुमा राखेर उपचार गरिएको थियो । तर आज विहान ६.५० बजे मृत्यु भएको हो ।

Share.

Leave A Reply