गैँडाकोटबाट दाजुुभाई  हराए , खोजिगरिदिन परिवारको आग्रह

0

गैँडाकोट

पूर्वि नवलपरासीको गैँडाकोटबाट एकैघरका दुईजना दाजुभाई सम्पर्कविहिन भएका छन । गैँडाकोट नगरपालिका वडा नं. २ एसपीएम टोलका वर्ष २६ का विजयबाबु पौडेल र वर्ष २१ का संगम पौडेल सोमबार विहानदेखि परिवारको सम्पर्क बाहिर रहेका हुन । विहान घरमा परिवारसँगै खाना खाएर करिव साढे १० वजे घरबाट निस्केका उनिहरु हालसम्म पनि सम्पर्कमा नआएको आमा टेकमाया शर्माले जानकारी दिनुभयो । उहाँले आफन्तहरुसँग सम्पर्क गरिएपनि पत्ता लगाउन नसकिएको बताउनुभयो । परिवारले दाजुभाईको खाजी गरिदिन भन्दै ईलाका प्रहरी कार्यालयमा निवेदन दर्ता गराएको छ । दुवैजना छोराहरु हालसम्म पनि सम्र्पकमा नआउँदा परिवार चिन्तित बनेको छ । दाजुु विजय एसपीएम कलेजमा स्नातकतह तेस्रो वर्षमा अध्ययनरत छन भने भाई संगम सप्तगण्डकी बहुमुखी कलेज भरतपुरमा स्नातकतह प्रथम वर्षमा अध्ययनरत रहेको परिवारले जनाएको छ ।

Share.

Leave A Reply