देउसी भैलो गित सार्वजनिक

0


कार्तिक १९, गैंडाकोट
नेपालीहरुको महान पर्व शुभ दिपावलीको अवसरमा परम्परालाई मान्दै देउसी भैलो गित सार्वजनिक भएके छ । कलाकारितामा केहि नयाँ जोश जागरका साथ लम्किदै गरेका ४ कलाकारहरुले तिहारको गित देउसी भैलो सार्वजजिक गरेका छन । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल जिल्ला कार्य समिती स्याङ्जाका सचीव ,लोक ,दोहोरी गायक राजेश भण्डारी, राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिस्ठान नेपाल जिल्ला कार्य समिती नवलपुरका कोषाध्यक्ष ,गायिका राशी रिजाल , काठमाडौमा बस्दै कलाकारितालाई अघि बढाउदै गरेकी पश्चिम नवलपरासीका लोक गायिका शर्मिला अर्याल र पाल्पा घर भइ हाल बुटवल बस्दै कलाकारिता गर्ने सुमन पराजुलीको संयुक्त प्रयासमा तिहारको गित देउसी भैलो निकालिएको जनाईएको छ । रितिरिवाजको जगेर्ना गर्दै गीत सार्वजिक गर्नुपर्छ भन्दै तिहार गित सार्वजनिक गरिएको गायिका राशि रिजालले बताउनुभएको छ।
यस गीतमा लय राजेश भण्डारीले दिएका छन भने शब्द राशी रिजालको रहेको छ भने युटुव कष्लनभच चबवभकज बाट संसार भर एकै साथ प्रसारण गरिएको छ । यसै गीतमा नवलपुर, स्याङ्जा, बुटवल भुताहा जिल्लाका केही अन्य कलाकारहरुको सहभागिता रहेको छ ।
यी ४ कलाकारहरु हरेक किसिमका गीत,गाउन आवश्यक रहेको बताउदै आउँदाका दिनमा यसै गरि हरेक क्षेत्र,चाड,सँस्कृति बच्चा देखि बृद्धअबस्थालाई समेट्दै, आगामी दिनमा गीत लिएर आउने बताएका छन ।

Share.

Leave A Reply