कोरोनाका कारण गैँडाकोटका ९ जनाको मृत्यु, सबैभन्दा बढी गैँडाकोट २ मा सङ्क्रमण

0


प्रेम क्षेत्री
गैँडाकोट । गैँडाकोटमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ९ पुगेको छ ।
शनिबार मात्रै गैँडाकोटका २ जना कोराना सङ्क्रमितको मृत्यु भएसँगै मृतकको संख्या ९ पुगेको हो । शनिबार एकजनाको होम आइसोलेसन र अर्का एकजनाको उपचारका क्रममा पुरानो मेडिकल कलेजमा मृत्यु भएको हो । गैँडाकोट नगरपालिका–२ कि ७७ वर्षीया महिलाको होम आइसोलेसनमा मृत्यु भएको हो भने गैँडाकोट १३ का ३८ वर्षका पुरुषको पुरानो मेडिकल कलेजमा मृत्यु भएको गैँडाकोट नगर स्वास्थ्य शाखा प्रमुख झलकराज पौडेलले जानकारी दिनुभयो । यो सँगै गैँडाकोटमा मृत्यु हुनेको संख्या ९ पुगेको छ ।
मृत्यु हुनेमा गैँडाकोट १ का १ जना, २ का २ जना, ५ का २ जना, ७ का १ जना, ९ का १ जना, १२ का १ जना र १३ का १ जना रहेका छन् । गैँडाकोट १६ का १ जनामा भने मृत्युपश्चात् स्वाब सङ्कलन गर्दा कोरोना सङ्क्रमण पुष्टि भएको थियो ।
गैँडाकोटमा अहिले १ सय ६६ जना सक्रिय सङ्क्रमित रहेका छन् । उनीहरुमध्ये ३ जना सामुदायिक आइसोलेसनमा रहेका छन् भने १६३ जना होम आइसोलेसनमा रहेका छन् । हालसम्म गैँडाकोटमा ४ सय ७२ जनामा सङ्क्रमण देखिएको छ । जसमध्ये ४०४ जना स्थानीय सङ्क्रमित रहेका छन् । कुल सङ्क्रमितमध्ये २९७ जना भने आइसोलेसनमा बसी निको भएको नगर स्वास्थ्य शाखा प्रमुख झलकराज पौडेलले जानकारी दिनुभयो ।
हालसम्म सबैभन्दा बढी गैँडाकोट २ मा सङ्क्रमण भेटिएको छ । यहाँ हालसम्म ८८ जनामा सङ्क्रमण देखिएको छ । जसमध्ये १८ जना अहिले पनि सक्रिय सङ्क्रमित रहेका छन् । जुन अन्य वडाका तुलनामा सबैभन्दा बढी हो । गैँडाकोट १८ बाहेकका हरेक वडामा अहिले पनि सङ्क्रमित सामुदायिक र होम आइसोलेसनमा रहेका छन् । सक्रिय सङ्क्रमितमध्ये गैँडाकोट १ मा १७ जना, ३ मा १ जना, ४ मा १५ जना, ५ मा १९ जना, ६ मा २ जना, ७ मा ७ जना, ८ मा ५ जना र ९ मा पनि ५ जना रहेका छन् । त्यस्तै गैँडाकोट १० मा ८ जना, ११ मा १३ जना, १२ मा ९ जना, १३ मा ११ जना, १४ मा ६ जना, १५ मा १६ जना, १६ मा ८ जना र १७ मा ४ जना रहेका छन् ।

Share.

Leave A Reply